काठमाडौं । अतिक्रमित क्षेत्रबाट प्रधानमन्त्री बालेन्द्र शाहको सुकुम्बासी हटाउने अभियान सफलता नजिक पुगेको छ । शनिबार र आइतबार दुई दिनगरी काठमाडौँ उपत्यका भित्रका सुकुम्बासी बस्ती विना रोकतोक खाली भएका छन् ।
आइतबार मनोहरा आसपासका सर्याै घर–टहरामा डोजर चलेको थियो । डोजर जल्दा विस्थापित भएकाहरुलाई दशरथ रंगशालामा ल्याएर विवरण संकलन गरियो । जहाँ तीन पुस्ते पहिचान गरी सम्पर्कमा आएका सुकुम्बासीलाई अस्थायी व्यवस्थापन गरिएको महानगर मातहतका निकायले जानकारी दिएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह “बालेन” को डोजर आइतबार पनि रोकिएन । आइतबार काठमाडौँ उपत्यका भित्रका सुकुम्बासी बस्ती मनोहरा र सिनामंगल सहितका क्षेत्रमा बाक्लो मात्रामा प्रहरी परिचालन गरेर बस्ती खाली गराईयो ।
आइतबार विहानैदेखि मनोहरा क्षेत्रमा दुई हजार हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको थियो । जसमा नेपाल प्रहरी, शशस्त्र प्रहरी, महानगर प्रहरी र सेना समेत छन् । दलबल सहित लागि परेको सुरक्षा फौजले मनोहरा आसपासका सर्याैँ सय घर–टहरा हटाउन सफल भयो । यो क्षेत्रमा करिब ८ सय घर–टहरा रहेको निष्कर्ष थियो ।
आइतबार मनोहरा क्षेत्रमा दर्जनौँ स्काभेटरले बस्ती भत्काइरहँदा अर्कातीर त्यहाँ बसोबास गरिरहेका नागरिक भने दुखेसो पोखिरहेका थिए । हठातमा सरकारले बल प्रयोग गरेको उनीको दाबी थियो । छरपस्ट परेको घराससी सर–समानमा बसेर नागरिकले दुखेसो पोखिरहे ।
यत्रतत्र रमिता हेर्नको पनि बाक्लै भिड थियो । तर जो असली सुकुम्बासी थिए उनीहरुको भने त्रसित अवस्थामै देखिन्थे । कता जाने, के गर्ने, कहाँ बस्ने भन्ने अन्योलतामा थिए । प्रहरीले नाम टिपोट गरिरहेको थियो । काठमाडौँ महानगरको टोलीले विस्थापितहरुलाई भ्यानमा राखेर दशरथ रंगशालामा पु¥याइरहेको थियो ।
दरशरथ रंगशालामा नेपाल सरकार, काठमाडौँ महानगर र बागमती सभ्यताबाट खटिएका कर्मचारीहरुले वास्तविक सुकुम्बासी पहिचान गर्न विस्थापित भएकाहरुको तिनपुस्ते विवरण माग गरेर रुजु गर्ने कार्य गरिरहेका छन् ।
थापाथली, मनोहरा, सिनामंगल सहितका क्षेत्रबाट सम्पर्कका आएका सुकम्बासीहरु दशरथ रंगशालामा लामवद्ध भएर परिचय खुल्ने कागजाज हातमा समातेर पालो पर्खेर उभिएका देखिन्थे । अनुहारमा मलिनता र सरकारले स्थायी बसोबास गरिदिने झिनो आशा उनीहरुले पालेका छन् ।
काठमाडौँ महानगर प्रहरीको पनि उत्तिकै सहभागिता देखिन्थ्यो । सुकुम्बासी बस्तीबाट विस्थापित भएका नागरिकलाई उनीहरु रहेको स्थानबाट रंगशालासम्म पु¥याउने र त्यहाँबाट अस्थायी बसोबासका लागि मातहातको निकायले तयार गरेको होटल तथा हाउजिङमा पु¥याउने काम सफलतापूर्वक गरेको महानगर प्रहरी बताउँछ ।
लामो समयदेखि दीर्घकालिन समस्याका रुपमा रहेका सुकुम्बासी प्रति प्रधानमन्त्री बालेनले काठमाडौँको मेयर हुँदा नै चासो देखाएका थिए । तर यो समस्या समाधानभन्दा राजनीतिकरण मात्रै भइरहेको थियो । यसपटक सरकारले सुकुम्बासी नागरिकको दायित्व बहन गर्दैे उचित व्यवस्थापन गरोस् ।
