News 24 Television
सर्लाहीका ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना

सर्लाही । चाडबाडमा यात्रुको सहजता र सुरक्षाका लागि सर्लाहीका विभिन्न ५ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीकोे समन्वयमा जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीले विभिन्न ५ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको हो ।

दसैं, तिहार र छठ पर्व सुरु हुन लागेसँगै यात्रुहरूको चाप असामान्य रूपमा बढ्ने भएकाले यात्रुहरूको सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाही तथा इलाका प्रहरी कार्यालयहरुको समन्वय र सहकार्यमा यात्रुहरुको यात्रा सहजता तथा यात्रुहरूलाई आवश्यक सहयोग पुर्याउनका लागि सर्लाही जिल्लामा  मलगंवा वसपार्क, लालवन्दी,  बरहथवा, हरिवन र कर्मैयामा सहित  ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरि संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनायको छ । 

यात्रुहरूको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै पाँच स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही प्रहरि निरिक्षक रजोश घिमीरे बताए । 

1000055728-1758705803.jpg
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख तथा प्रहरी निरीक्षक रजोश घिमीरेले चाडपर्वको मौका छोपी कसैले अनधिकृत भाडा असुल गरेको पाइएमा तुरुन्त सम्पर्क गर्न आम नागरिकहरूलाई आग्रह गरेका छन् । त्यसरी भाडा असुल गरेको जानकारी आएमा कारबाही गरिने समेत प्रहरी निरीक्षक घिमीरेले बताए । चाडपर्वमा यात्रा गर्न सहज होस भन्ने मुख्य हेतुले यो यात्रु सहायता कक्ष स्थापना गरेको ट्राफिक प्रहरी निरीक्षक रजोश घिमीरेले बताए । हरेक वर्ष चाडपर्वमा सर्लाहीमा यात्रु सहायता कक्षहरु स्थापना गरिँदै आएको छ ।

निरीक्षक घिमीरेले भने, ‘चाडपर्वको समयमा यात्रुहरूको भीड अत्यधिक हुने भएकाले हामीले यो विशेष पहल गरेका हौं । यो सेवा निरन्तर सञ्चालन हुनेछ र यात्रुलाई सजिलो, सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही लागी परेको छ ।

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update