News 24 Television
दसैँकाे शुभकामना दिँदै  प्रधानमन्त्रीले भनिन्- 'समयमै निर्वाचन गराउन प्रतिबद्ध छौँ'

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । बडा दसैंका पावन अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा गठन भएको वर्तमान सरकार  तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउन प्रतिबद्ध रहेकाे रहेको बताएकी हुन् ।

साथै, उनले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताइन् । प्रधानमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू र यो पर्व मनाउने संसारभर छरिएर रहेका नेपाली भाषीहरूमा सुख-शान्तिको कामना समेत गरेकी छन् ।

यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्कीले यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको जनाएकी छन् ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update