News 24 Television
अन्ततः वालेन्द्रले मिश्री भेट्ने, भारत जाने तयपछि एजेण्डाबारेको बहस चर्किदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाने भएका छन् । मंसिर ६ गतेबाट प्रधानमन्त्री वालेन्द्र शाहले भारतको औपचारिक भ्रमण गर्ने तय भएको छ । उनको भारत भ्रमण र नेपालको राजनीतिमा चलेको दबाबकाबीच के होला भन्ने चासो देखिन्छ ।  

प्रधानमन्त्री वालेन्द्र शाहले मंसिर ६ गतेदेखि भारत भ्रमणमा निस्किने भएका छन्। वालेन्द्र शाहले गर्ने भनेको भारत भ्रमणबारे चासो बढेको छ। लामो समयदेखि चलेको तनावकाबीच वालेन्द्रले भारत भ्रमण गर्ने निश्चित बनेको हो। योसंगै भारतको औपचारिक निमन्त्रणमा दिन भारतीय विदेशसचिव विक्रम मिश्री नेपाल आउने भएका छन् । 

गत चैत १३ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेयता शाहले पहिलो औपचारिक विदेश भ्रमण भारतबाट गर्न लागेका हुन्। उनले अमेरिकामा संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागीता जनाउन पुगेपनि यो नै पहिलो विेदेश भ्रमण हुनेछ । 

उनको भारत भ्रमणको औपचारिक घोषणा भने भारतीय विदेश सचिव विक्रम मिश्री नेपालबाट फर्किएपछि मात्रै हुने जनाइएको छ। अहिले दुबै देशका परराष्ट्र मन्त्रालयले भ्रमणको तयारी तीब्र पारेका छन् । बालेन्द्रको भारत भ्रमणका निम्ति आगामी साता काठमाडौंमा उच्चस्तरिय बैठक समेत हुनेछ । 

यसमा दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा भ्रमणको मिति सार्वजनिक गर्ने तयारी गरिएको छ। यसअघि पनि वालेन्द्रको भारत भ्रमणको औफचारिक निमन्त्रणमा दिन काठमाडौं आउन लागेका मिश्रीलाई नभेट्ने भनेपछि रोकिएको थियो तर, अन्तिममा वालेन्द्रले मिश्रीलाई भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा स्वीकार गर्नेछन् । 

संयुक्त उद्घाटनको तयारी

नेपाल भारतको रेलवे उद्घाटनको तयारी समेत तीब्र पारिएको छ। नेपाल रेलवे विभागका अनुसार जनकपुरधामदेखि भारतको अयोध्यासम्मको विशेष रेल सेवाको उद्घाटन मोदी र वालेन्द्रले गर्ने गरि तयारी थालिएको छ। यसका लागि नेपाल र भारतका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको जनाइएको छ। यसरी नै दुबै देशका परराष्ट्र मन्त्रालयले विभिन्न तयारी गरिरहेकाले के हुन्छ  भन्ने खुलिसकेको छैन् । 

अन्ततः मिश्रीलाई भेट्ने

प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय विदेश सचिव विक्रम मिश्रीलाई नभेट्ने भन्दै टारिदिएपछि वालेन्द्रको भारत भ्रमण नै रोकिन पुगेको थियो। भारतले विदेश सचिव मिश्रीलाई औपचारिक निमन्त्रणा दिन पठाउन लागेको बेला वालेन्द्रले मन्त्रीभन्दा तल्लो तहको व्यक्तिलाई नभेट्ने भनेपछि मिश्री काठमाडौं आउने कार्यक्रम नै रद्द गर्न पुगे। त्यसपछि वालेन्द्रले भारत र चीनका राजदूतलाई भेटेका थिए। 

पछिल्लो समय भने वालेन्द्रले आफैले शुरुमा बनाएको कुटनीतिक प्रोटोकललाई परिस्थितिअनुसार चलाउने तयारी गरेको देखिन्छ। यहिअनुसार नै मिश्रीले निमन्त्रणा काठमाडौं नै आएर दिने भएका हुन्। यता, प्रधानमन्त्रीको कार्यालयले समेत भ्रमणका निम्ति तयारी तीब्र पारेको छ । दुई देशको सम्बन्धमा केहि समय दरार उत्पन्न भएपछि प्रधानमन्त्रीका सल्लाहकार कुमार बेन सुटुक्क भारत पुगेर भ्रमणको चाँजो मिलाउने काम समेत गरेका थिए। यो विषय संसदमै उठेको थियो। यसरी अब वालेन्द्रको भारत भ्रमण हुने तय भएको हो।

एजेण्डा कस्ता होलान ?

प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाँदा कस्ता एजेण्डा उठ्लान भन्ने चासो बढेको छ। नेपाल–भारतबीचको सीमा विवाद रहेको बेला विवादास्पद अभिव्यक्ति दिएका वालेन्द्रले सीमा विवादबारे के भन्लान ? अन्य कस्ता एजेण्डा र सहकार्यका मोडालिटी पेश गर्लान भन्ने चासो देखिन्छ। लामो समयदेखिको साझेदार मुलुक भारतले समेत नेपाललाई दिने सहायताभन्दा पनि एयर रुटदेखि धेरै क्षेत्रमा सहकार्यको अवस्था सिर्जना गर्छ भन्ने प्रश्न देखिन्छन्। ठूलो लगानीमा निर्माण भएका विमानस्थलहरु एयर रुटको अभावका कारण बन्दप्रायः बन्ने स्थितिमा पुग्दै गर्दा भारतले नेपाललाई सहजीकरण गर्ला ? सीमा विवादका कारण देखिने समस्या समाधानमा सहकार्यको प्रस्ताव गर्ला ? तमाम प्रश्नहरु देखिएका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १४, २०८३  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update