News 24 Television
ललितपुर महानगर जे बोल्छ, त्यो पूरा गर्छ : चिरिबाबु महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो नगरपालिकाले सबै नगरपालिकाहरु भन्दा राम्रो काम गरेको दावी गरेका छन् ।

२२ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसरमा शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

मेयर महर्जनले आफूले बोलेका सबै कुरा पूरा गरेको दाबी समेत गरे । आफूले बोलेका सबै कुराहरु पूरा हुने गरी काम गरेको उनको जिकिर थियो । मेयर महर्जनले राम्रो काम गरेका कारण नै आफ्नो महानगरपालिकाले वर्ष २/३ वटा भन्दा बढी राष्ट्रिय स्तरको पुरस्कार पाउने गरेको समेत बताए ।

उनले सबै भन्दा राम्रो काम गरेको भनेर पहिचान दिलाउने काममा मातहतका निकायको महत्वपूर्ण भुमिका रहेको भन्दै आभार समेत व्यक्त गरे । 

मेयर महर्जनले भने, ‘हामीले गरेका कामको स्तरको निर्धारण हामी आफैँले गरेको होइन । तर आम नेपाली दाजुभाई दिदीबहिनीहरु चाहे त्यो पूर्वमेचीको किन नहोस्, चाहे त्यो पश्चिम महाकाली किन नहोस् । ललितपुर महानगरपालिका भन्नसाथ साह्र्रै राम्रो काम गर्ने पालिका हो भनेर सबका सब चिनिन्छ । अब यसमा स्वास्थ्य क्षेत्रमा काम गरेको कामको निमित्त म तपाईहरुलाई क्रेडिट दिन चाहन्छु । हामी चुनावमा जितेर आएका व्यक्तिहरु स्वास्थ्य क्षेत्रमा हाम्रो विज्ञता छैन । तपाईले जे भन्नुहुन्छ, जे सुझाव दिनुहुन्छ । ती सुझावहरु हामीले ग्रहण गर्छौ । कार्यान्वयन गर्छौ । तसर्थ तपाईहरुले दिनुभएको सुझाव, तपाईहरुले गर्नु भएको कन्ट्रिव्युशन, तपाईहरुको जुन एक किसिमको लगनशीलता छ । त्यसको नतिजा हो यो । हामी ललितपुर महानगरपालिकाले प्रत्येक वर्ष २-३ वटा राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गर्दै आईरहेका छौँ । अस्तीको दिनमा मात्रै संघीय सरकारले अपांगताको क्षेत्रमा सबै नगरपालिका भन्दा राम्रो काम गरेको भन्दै हामीलाई पुरस्कृत गरेको छ । यो पुरस्कारहरु पाउनु भनेको पनि टिम वर्कको परिणाम हो । हामी जसरी सफलीभुत भईरहेका छौ । यसका लागि पनि यहाँहरुलाई हार्दिक हार्दिक धन्यवाद गर्न चाहेँ । हामी जे बोल्छौ, त्यो पूरा गर्छौं ।’

मेयर महर्जनले टिम वर्कमा काम गरेको हुनाले ललितपुर महानगरपालिकाले एक पछि अर्को सफलता हासिल गर्दै गएको पनि बताए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update