News 24 Television
एमाले सचिवालय बैठक : महाधिवेशन तयारी र राजनीतिक मुद्दामा छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रिय सचिवालय बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु बैठक शुरु भएको हो ।

बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी र केन्द्रिय कमिटीको आकार वृद्धि, संगठनात्मक संरचना तथा समसामयिक राजनीतिक मुद्दाहरूमा गहन छलफल हुने बताइएको छ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सहभागीहरूले महाधिवेशनको प्रारम्भिक तयारीबारे प्रतिवेदन प्रश्तुत गर्ने र आवश्यक निर्णय लिने कार्यक्रम छ । साथै संसदीय गतिविधि, सरकारको नीति तथा अन्य विपक्षी दलसँगको सम्बन्धबारे पनि छलफल हुनसक्ने बताइएको छ ।

1765532498-7sl5t-1765535260.jpg
1765532497-tKmyK-1765535249.jpg
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update