'ग्रे-लिस्ट'बाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूची (ग्रे लिस्ट)बाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरुसँग जानकारी लिएकी छन् ।
आज अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयकै राजस्वसचिव भुपाल बराल र नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेलसमेतको उपस्थितिमा प्रधानमन्त्री कार्कीले विभिन्न अनुसन्धान गर्ने निकायहरुबाट ब्रिफिङ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ती निकायका प्रमुखहरुले सम्पत्ति शुद्धीकरण कसुरमा समयमै अनुसन्धान तथा अभियोगनको प्रक्रियामा लैजाने, अपराधबाट आर्जित सम्पत्ति रोक्का र जफत गर्ने विषयमा भएको प्रगतिबारे जानकारी गराएका थिए ।
त्यस क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ उपत्यकाभित्र मात्र एक हजार ६०० रोपनी जग्गा रोक्का राखेको जानकारी गराएको थियो ।
प्रकाशित मिति: आइतबार, पुस ६, २०८२ १९:३४
प्रतिक्रिया दिनुहोस्
