News 24 Television
वैकल्पिक धारको केन्द्रमा बालेन, रवि नै पछि–पछि किन लागे ?

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाह एक यस्तो पात्र बने, जो मेयरको हैसियतमै रहेर संसदकै ठूलो दल नेकपा एमालेकै चुनौतीको बन्न सके । बालेन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै पटक पटक चुनौती पेश गरेर जनताको मनमा बसे । उनै बालेन शाहले महानगरको पहिलो कार्यकाल पूरा नगर्दै पटक–पटक नै प्रधानमन्त्रीको अफर प्राप्त गरेका छन् । 

जेनजी आन्दोलनको बखत मौन रुपमै आफ्नो शक्ति देखाएका बालेनले ओली सरकार ढलेपछि नै प्रधानमन्त्री बन्ने जबरजस्त प्रस्तावहरु प्राप्त गरे । यदी जेनजी आन्दोलनपछिको अन्तरिम सरकारमा दावी गरेको अवस्थामा प्रधानमन्त्रीको सर्वसम्मत पात्र नै बालेन बन्ने अवस्था थियो । तर उनले जबरजस्त प्राप्त अवसरलाई स्वीकार गरेनन् । त्यो समय आफू नयाँ जनादेशबाटै प्रधानमन्त्री बन्ने निचोडमा पुगेर सत्ताको व्याक सपोर्टरको रुपमा रहे । तर उनी अझै पनि आउँदो निर्वाचनमा चुनाव लड्ने वा नलड्ने भन्नेमा निश्चित छैनन् । 

यद्यपि उनलाई अझै अग्रिम रुपमै प्रधानमन्त्रीको अफरहरु भने प्राप्त भइरहेका छन् । नयाँ वैकल्पिक शक्तिहरुको एकता र ध्रुवीकरणको प्रयास भइ नै रहेका बेला उनलाई रास्वपा सभापति रवि लामिछानेबाटै प्रधानमन्त्रीको अफर गएको छ । खासमा भन्ने हो भने माहानगरको कार्यकाल सक्ने वा अहिले नै निर्वाचनमा होमिने भन्नेमा बालेन  अझै अन्योलमै छन् । तर उनीमाथि समर्थक र वैकल्पिक शक्ति केन्द्रहरुबाट निर्वाचनमा जानुपर्छ भन्ने व्यापक दवाब  छ । 

बालेन मनोदशा कस्तो ? 

मेयर बालेनको चाहना निर्वाचन लड्ने र देशको नेतृत्व नै गर्ने भित्रि मनोकांक्षा देखिन्छ । तर आधार कसरी निर्माण गर्ने ? भन्नेमा अन्योलता पनि उत्तिकै देखिन्छन् । उनको मनोकांक्षा पूरा गर्ने एक आधार आफूप्रतिको जनआकर्षण हो, अर्को रास्वपाको समर्थन र रविको प्रस्ताव पनि हो । 

रवि लामिछानेले नै प्रधानमन्त्रीको अफर गर्नुले उनको आकांक्षा साकार हुने केही संभावना देखिन्छ । तर रविले प्रधानन्त्रीको अफर गर्नु पछिका केही कारणमध्ये उनीमाथिको सहकारी ठगी प्रकराणको मुद्धा पनि हुन् । यदी रविले सहकारी ठगी प्रकरणको मुद्धा जितेमा बालेन पनि एकतामा आउने संभावना छ । तर यदी रवि मुद्धामा पछि परे के गर्ने ? भन्ने दुविधा बालेनमा प्रष्ट छ । अर्कोतर्फ आफूप्रति प्रष्ट जनसमर्थन देखिएपनि आफ्नो संगठन नहुनु र निर्वाचन परिणामको पूर्वआंकलन गर्न नसक्नुलाई बालेनले अर्को चुनौतीका रुपमा लिएका छन् । 

वैकल्पिक शक्तिको केन्द्रमा बालेन

नजिकिँदो निर्वाचन र वैकल्पिक शतिmको एकता चर्चाकाबीच नयाँ राजनीतिक दल र युवाहरुको नजरमा बालेन नै परेका छन् । बालेनको पछिल्लो प्रयास पनि वैकल्पिक शक्तिको एकता नै हो । यस्तोमा बालेनसँग रास्वपा सभापति रवि, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, काँग्रेसकै नेता सुनिल शर्मा, अमरेश सिंह, हाम्रो पार्टी नेपालका संयोजक खगेन्द्र सुनार, जेनजी अगुगा सुदन गुरुङ तथा रक्षा बम लगायतले तारान्तर छलफल गरेका छन्  ।

यसअघि सोमबार राति पनि ६ घण्टासम्म रास्वपा सभापति रवि लामिछानेले र बालेनबीच वार्ता भएको थियो । यसपछि बिहीबार पुनः बालेनसँग रविसहितका वैकल्पिक शक्ति निर्माणको योजनामा रहेका नेताहरुले चरणबद्ध रुपमा वर्ता गरेका छन् । खासगरी रविले बालेनसहित वैकल्पिक शक्तिलाई एकीकृत गर्ने योजना बुनेका छन् । यस्तोमा रविले बालेनलाई रास्वपामै भित्र्याउन हरसम्भव प्रयास गरेको देखिन्छ । यही प्रयोजनका लागि बालेनलाई भावी प्रधानमन्त्री नै बन्न प्रस्ताव गरेर रवि एकताको लागि तयार देखिएका छन् । यद्यपि यो विषयमा ठोष निश्कर्ष आउन भने बाँकी नै छ । 

ओली–बालेन भिड्ने चर्चा

बालेनले चिर्वाचनमा होमिएको अवस्थामा झापाबाट एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नै प्रतिस्पर्धा गर्ने चाहना राखेको उनी निकट स्रोतले बताउने गरेको छ । बालेनले जहाँबाट उठेपनि जित्ने आत्मविश्वासका साथ ओलीलाई हराउने चाहाना राखेका छन् । यस्तैमा ओलीले पनि आफूलाई चुनौती दिन खोजको संकेतपछि बालेनलाई जवाफ फर्काउन थालेका छन् । ओलीले बिहीबार मात्रै बालेन लक्षित टिप्पणी गर्दै चर्चित भनिएका पात्र नै नशामा भेटिने गरेको भने । 

यस्तैमा ओलीमाथि पनि औपचारिक अनौपचारिक रुपमा बालेनसँग चुनावमा प्रतिस्पर्धा गर्ने हो ? भन्ने खालका प्रश्न जन्मिन थालेका छन्  । बिहीबार नै बालेनसँगको चुनावी प्रतिस्पर्धाकै बारे ओलीमाथि प्रश्न सोधिँदा उनले यो कुनै पश्न नै नभएको भनेर हल्का जवाफ पर्काएका छन् । हुनत ओली र मेयर बालेन राजनीतिक रुपमा दुई प्रमुख प्रतिस्पर्धी पात्र नै हुन् । ओली प्रधानमन्त्री हुँदा होस् वा नहुँदा पनि यी दुई पात्रबीच राजनीति रुपमा संघर्ष चल्ने गरेकै छन् । बालेन र ओलीले यो संघर्षलाई निर्वाचको प्रतिस्पर्धासम्म नै पु¥याएमा पनि कुनै आश्चार्य हुने देखिँदैन । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update