काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी फेव्रुअरिमा हुने अधिवेशनमा अध्यक्षका लागि रोबिनप्रसाद शेरचनले उम्मेद्ववारी दिने भएका छन।
जापानमा तीन दशकयता विभिन्न व्यवसायमा संलग्न हुदै आएका वर्तमान कार्यसमिति उपाध्यक्ष शेरचनले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन। एनआरएनए संस्थागत संरचना र नागरिकताको मुल मुद्दामा अलमलिएको भन्दै यसको कार्यान्वयनका लागि नेतृत्वमा आकाक्षा देखाएका हुन। विश्वभरि छरिएका नेपालीलाई एकताबद्ध गर्दै उनीहरूले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजी मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने र प्रवासीको हक अधिकारको रक्षा गर्ने उद्देश्यसहित स्थापना भएको संस्था आफनो मुल मुद्दामै अलमिलएमा चिन्ता व्यक्त गर्दै आफनो दाबेदारी प्रस्तुत गरेको शेरचनले जनाएका छन ।
स्थापनाको २२ वर्षको यात्रामा रहेको संस्थाले प्रवासी र नेपालीभाषीहरूको आशा र भरोसाको केन्द्र बन्दै गएपनि पछिल्ला समयमा देखिएका गतिविधि र फुटले संस्थाको मर्यादा कायम गर्न नसकेको भन्दै शेरचनले संस्था बलियो र सक्षम बनेमात्र नेपाल सरकार र प्रवासी नेपालीहरूले आशा र भरोसाको केन्द्र गर्ने बन्ने बताए ।
‘सुरूमा संस्था बलियो र सक्षम बनाऔ, अनिमात्र अधिकारका माग पुरा हुन्छ, अहिले “भाईफुटे गवार लुटे”जस्तो भएको छ। संस्थागत मिलेर साझा अवझारणा र व्यवहारिक विषयमा काम गरौ। अनि मात्र हाम्रा मुद्नामा राज्यले चासो दिन्छ,” शेरचनले भने ।
'करिव ९० देशमा आफ्नो औपचारिक सञ्जाल विस्तार गर्दै विश्वभर छरिएका नेपाली समुदायलाई सामूहिक चिनारी र उद्देश्यमा एकीकृत गर्न उल्लेखनीय सफलता हासिल गरेको संस्था पछिल्ला चार बर्ष तेरो र मेरो खिचातानीमा अल्झीयो । अब साझा संस्था बनाएर मात्र काम गरौ। हिजो मातृभुमी जार्दै गर्दा एनआरएन भगर्वको अवस्था थियो अहिले लाजले मुन्टो निहुराउनु पर्ने अबस्थाको सृजना भएको छ, यसैले पनि पुरानो लयमा फर्काउन नया सोच बोकेका मानिश नेतृत्वमा आउनुपर्दछ भन्ने सबैको चाहना अनुरुप मेरो उमेदबारी रहने छ,' शेरचनले भने ।
