News 24 Television
निर्वाचनअघि नै प्रतिनिधि सभा पुनःस्थापना भए स्वीकार्य हुन्छ : काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचनअघि नै प्रतिनिधि सभा पुनःस्थापनाको फैसला आएको त्यसलाई स्वीकार गर्ने बताएको छ ।

सोमवार निर्वाचनका लागि समानुपातिक बन्द सूचिको नाम बुझाउनका लागि सूचना दिन निर्वाचन आयोग पुगेका नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सो कुरा बताएका हुन् ।

उनले काँग्रेसले पहिलो प्राथमिकतामा निर्वाचनलाई राखेको बताउदै त्यसअघि नै अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरे त्यसलाई स्वागत र स्विकार गरेर अघि बढ्ने स्पष्ट पारे । उनले नयाँ राजनीतिक शक्तिहरुबीचको एकतालाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको समेत बताए । 

नेता विश्वकर्माले भने, ‘निर्वाचन होस् भन्ने हाम्रो चाहना छ । सोहीअनुसार हामीले पहिला दल दर्ता पनि गर्यौं । आज बन्द सूचि बुझाउन आँउँदैछौ । केही समय पछि प्रत्यक्षको पनि उम्मेदवारी दर्ता हुन्छ । त्यो पनि हामी गर्छाै । तर यो बीचमा कुनै न्यायिक फैसला आयो भने सर्वोच्च अदालत वा न्यायपालिकाबाट त्यस्तो फैसलाआयो भने हामी त्यसलाई पनि स्वागत र पालना गर्दछौँ ।’ 

उनले पूर्वसांसद र मन्त्रीलाई पार्टीले समानुपातिक बन्द सूचीमा नराख्ने समेत बताए । 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update