News 24 Television
राप्रपा महिला समूहको अनसनमा पार्टी नेतृत्वबाटै बल प्रयोग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नेतृत्वले समानुपातिक सूचीमा पार्टीमा योगदान गरेका महिलालाई अवसर नदिएर नातावाद र कृपावादको आधारमा नाम पठाएको विरोधमा राप्रपा महिला समूहकी नेतृ नानीमैया आचार्य लगायतका केही महिलाहरु पार्टी कार्यालयमा आमरण र रिले अनसनमा केही दिनदेखि बसेका छन् । 

पार्टी नेतृत्वले आमरण अनसनमा पटक-पटक हस्तक्षेप र बल प्रयोग गरेर आफूहरूका मागलाई बेवास्ता गरेको अनसनरत नेतृ नानीमैया आचार्यले बताइन् । महिला समूहको जायज मागलाई बेवास्ता गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले अनसन भाँड्न पटक-पटक हस्तक्षेप गरेको गुनासो पोखिन् ।

अनसनमा रहेका महिला नेतृहरुले सामानुपातिकमा पार्टी नेतृत्वले गरेको गलत व्यवहारका विरुद्ध आफूहरु अनसनमा बस्न बाध्य भएको  न्यज२४ लाई बताए । पार्टी नेतृत्वले महिला समहको अनसनमा न्यूनतम मानवीय व्यवहारसमेत नगरेको भन्दै महिला नेतृहरुले पार्टी अध्यक्ष लिङदेनको राजनीतिक संस्कार पनि प्रदर्शन नगरेकोमा आपत्ति जनाए ।

cabb1b72-f990-457e-a3d8-c0b8e4eb631e-1768213279.jpg
उनीहरुले समानुपातिकको सूचीमा लामो समयदेखि पार्टीमा योगदान गरेका नेता कार्यकर्तालाई बेवास्ता गरेको भन्दै अनसन जारी राख्ने दाबी गरेका छन् । महिला नेतृहरुले समानुपातिकमा भएको त्रुटि तथा गलत व्यवहारलाई तत्काल सुधार गर्न आग्रह गरेका छन् । 

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update