News 24 Television
पार्टीमा महान् बन्न नसकेका देउवा, यी गल्तीले पार्टी फुट्यो !

काठमाडौँ । मुलुककै सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेस शेरबहादुर देउवा र गगन थापा खेमामा विभाजित भइसकेको छ । १५औँ महाधिवेशनको नियमित तालिकामा विमत्ति राख्दै थालिएको विशेष महाधिवेशनले नयाँ कार्यसमति चयन नै गरिसकेको छ । जुन महाधिवेशनले नै गगन थापालाई नयाँ सभापति घोषित गरेको छ । 

उता दोस्रो विशेष महाधिवेशनको आह्वान गरेकै कारण गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई संस्थापन पक्षले पाँच वर्षका लागि पार्टी अनुशासनको कारवाही गरेको छ । तर गगन पक्षले भने दोस्रो विशेष महाधिवेशन विधानतः पार्टीको ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षरमा आयोजना भएकाले आफूहरु नै आधिकारिक काँग्रेस भएको भन्दै कारवाहीको औचित्न नरहेको दावी गरिरहेका छन् । 

नियमित महाधिवेशनको मिति तय गरिसकेको काँग्रेस संस्थापन पक्षले विधानतः दोस्रो विशेष महाधिवेशन आयोजना गरेर नयाँ कार्यसमिति नै चयन गरेको भन्ने गगन पक्षलाई नै कारवाही गरेपछि अब कुन पार्टी आधिकारिक ? भन्ने प्रश्न प्रश्न जन्मिएको छ । 

देउवाले बचाउन नसकेको काँग्रेस !  

कानूनी रुपमै विभाजित भईनसकेपनि नेपाली काँग्रेस अब सग्लो रहने देखिँदैन । पार्टीलाई यो विग्रहको अवस्थासम्म ल्याउनमा काँग्रेस सभापति शेरबहादुर देउवा नै मुख्य कारण बनेका छन् । 

दोस्रो कार्यकालको पनि अन्तिम समयमा आएर देउवाले लिएको नीति र निर्णयकै कारण मुलुककै सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी दुई चिरामा परिणत भएको हो । पार्टी विभाजनको मुख्य कारणमा देउवाको लोभ नै प्रमुख मानिदै आएको छ । किनकि देउवा सत्ता राजनीति र पार्टी राजनीतिको उत्तरार्धमै थिए । 

सक्रिय राजनीतिको आखिरी चरणमा पुगेको अवस्थामा देउवाले आफू निकट जो कोहीलाई कार्यकारी अधिकार नै दिएर पार्टीबाट निश्कृया भएको अवस्था मात्रै रहथ्यो भने पनि पार्टी एकता कायम हुन्थ्यो । तर देउवाले अझै सत्ता र शक्तिको लोभ गर्दा पार्टी विभाजनमो मोडमा पुगेको हो । 

देउवाका पछिल्ला ३ गल्ती !

देउवाले राजनीतिक जीवनमा थुप्रै अवसर र सफलता पाए  । उनले आफ्नो जीवनकालमा ५ पटक प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरे । तर देउवाले अन्तिम समयमा आएर भने पार्टीकै ऐतिसिक सफल नेताको रुपमा आफूलाई दर्ज गर्ने अवसर खेरा फालेका छन् । पार्टीभित्रको पछिल्ला संघर्ष र उत्तारचढाबकाबीच उनले  यी ३ अवस्थामा बोल्ड निर्णय गरेको भए पनि उनी पार्टीका सर्वदा नेता सावित हुने अवस्था थियो । तर त्यो उनले गर्न सकेनन् । 

पहिलो– ओलीसँगको सहकार्य नटुंग्याउनु 

भदौँ २३ गते घोषित रुपमै जेनजी आन्दोलन आयोजना भएको थियो । तत्कालीन सत्ता र सरकारको विरोधमै भएको जेनजी आन्दोलनमा नेपाली काँग्रेस तथा पार्टी समापति शेरबहादुर देउवा पनि मुख्य तार्गेटमा थिए । किनकी तत्कालीन सत्ता साझेदार दल नै नेपाली काँग्रेस थियो । यही आन्दोलन हुँदा काँग्रेसकै नेता रमेश लेखक गृहमन्त्री थिए । सोही आन्दोलनमा सरकार पक्षबाटै चलाइएको गोली लागेर विद्यार्थीहरुको ज्यान गयो । गएपछि नैतिक जिम्मेवारी लिएर देउवाले ओलीसँगको सत्ता सहकार्य टुंग्याउनु पर्ने थियो । तर देउवाले त्यो निर्णय गर्न सकेनन् । यसैको कारण जेनजी विद्रोहले ठूलो रुप लियो । र, देउवा पाटीभित्र पनि दवावमा पर्न थाले ।  

दोस्रो– कार्यवाहकलाई नियन्त्रण गर्नु

देउवाले असोज अन्तिमसाता उपचारका लागि सिंगापुर जानुअघि पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोके । तर उनले पार्टीको निर्णय र कदममा भने आफ्नै नियन्त्रण राख्न छाडेनन् । विशेष महाविधेशनको माग गर्ने पक्षको आवाजलाई वेवास्ता गरेका देउवाले आफ्नै अनुकुल रहनेगरी बैशाख अन्तिममा मात्रै नियमित महाधिवेशन गर्ने निर्णय गराए । तर नजिकिँदो निर्वाचनको दवावका कारण गगन पक्ष विद्रोहमा उत्रियो । यसको प्रतिफल स्वरुप पार्टीमा विवादको विउ रोपियो । 

तेस्रो– फुटको अन्तिम चरणमा पनि लचक नहुनु 

विशेष महाधिवेशन चल्दै गर्दा पार्टी फुटको अन्तिम चरणमा पुगेकोे भन्ने हेक्का देउवालाई नभएको होइन् । तर पनि उनी लचकताकासाथ सम्झौतामा गर्न तयार भएनन् । बुधबार विहानसम्म पनि पार्टी जोगाउन सकिने अवस्था थियो । उनले अन्तिम समयमा पनि गगन र विश्वप्रकाशसँग छलफल गरे । तर उनले पार्टी नेतृत्व छाड्न शर्तलाई भने स्वीकार गरेनन् । । बरु उनी आफ्नो निश्कृयता चाहने गगन–विश्वलाई कारवाही गर्ने निर्णयमा पुगे । दोस्रो विशेष महाधिवेशनको स्वामित्तो लिने शर्तमा तयार भएका उनले अर्का कुनै नेतालाई पार्टी सभापति प्रस्ताव गरेर पार्टी नेतृत्व छाडेमा पनि पार्टी विभाजन रोकिने अवस्था थियो । तर देउवाले यो त्याग गर्न नसक्दा पार्टी विभाजनकै अवस्थामा पुगेको प्रष्ट छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update