News 24 Television
नुवाकोट क्षेत्र नं. २ मा जगदीश्वर नर्सिङ केसीको बलियो जनलहर

काठमाडौँ । नुवाकोट जिल्लाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि युवा नेता तथा पूर्व सभापति जगदीश्वर नर्सिङ केसी चुनावी मैदानमा उत्रिएका छन्। राजनीतिमा जीवनको ठूलो हिस्सा समर्पण गरेका नेता केसी केवल एक राजनीतिक व्यक्तित्व मात्र होइनन्, नुवाकोटे जनताका लागि परिवारकै सदस्यजस्तै आत्मीय बनेका छन्।

उनको सरलता, सादगी र निस्वार्थ सेवाभावले नुवाकोटमा फरक किसिमको राजनीतिक विश्वास र भावनात्मक सम्बन्ध निर्माण गरेको छ।

चार पटकसम्म जिल्लाको नेतृत्व सम्हालिसकेका नेता केसी पद र प्रतिष्ठाभन्दा जनताको पीडालाई प्राथमिकतामा राख्ने नेताका रूपमा परिचित छन्। उनका लागि राजनीति भाषण र नारामा सीमित छैन, बरु जनताको घरदैलो, आँगन र भान्सासम्म पुगेर सुख–दुःख साट्नु नै राजनीति हो।

यही कारणले नुवाकोटका गाउँ–टोलमा कोही बिरामी पर्दा, परिवारमा दुःखद घटना घट्दा वा कुनै शुभकार्य पर्दा सबैभन्दा पहिले सम्झिने नाम जगदीश्वर नर्सिङ केसी नै हुन्छ।

जनताप्रतिको उनको अपनत्व औपचारिक होइन, आत्मीय र भावनात्मक छ। जनतालाई आफ्नै परिवारसरह महसुस गर्नु उनको राजनीतिक चरित्र बनेको छ। यही व्यवहारका कारण नुवाकोटे जनताले उनलाई केवल नेता होइन, दुःख–सुखका साँचो सारथीका रूपमा स्वीकार गरेका छन्।

35f084ff-a630-4564-bb8c-1b246543cbca-1770714377.jpg
नेता केसीको अर्को महत्वपूर्ण विशेषता भनेको सबैसँग समान व्यवहार हो। उनी आफ्नो पार्टीका कार्यकर्तामा मात्र सीमित हुनुहुन्न, अन्य दलका कार्यकर्ता तथा सर्वसाधारणसँग समेत उस्तै सम्मान, भाइचारा र आत्मीय सम्बन्ध कायम राख्छन्। यही कारणले आज नुवाकोटका हरेक घर, हरेक बस्ती र हरेक मनमा नेता केसीप्रति सकारात्मक धारणा बलियो बन्दै गएको छ।

घरदैलो अभियानका क्रममा देखिएको स्वतःस्फूर्त जनसहभागिता र उत्साहले यो विश्वासलाई अझ सुदृढ बनाएको छ। बुढाबुढी, आमाबुबा, युवा पुस्ता सबै वर्गले “हाम्रो नेता” भनेर गर्वका साथ केसीलाई अघि सारिरहेका छन्।

उनले नुवाकोटको विकासका लागि निरन्तर सरकारको ढोका ढकढक्याइरहेका छन्। त्यसकै परिणामस्वरूप विभिन्न स्थानमा मोटरबाटो निर्माणदेखि खानेपानी, सिँचाइ नहर, विद्यालयमा स्वास्थ्य सामग्री पुर्‍याउने कार्यसम्म उनले निरन्तर पहल गर्दै आएका छन्।

निर्वाचन जितेर पटक–पटक मन्त्री बनेका अन्य नेताको तुलनामा, केसी चुनावमा नउठ्दा, सांसद नहुँदा वा कार्यकारी पदमा नपुग्दा पनि आफ्नो जिल्ला र भूगोललाई केन्द्रमा राखेर राज्यलाई खबरदारी गरिरहनुभएको तथ्य नुवाकोटे जनताले नजिकबाट देखेका छन्।

त्यसैले आज नेता केसीलाई संसदसम्म पुर्‍याउने यात्रामा तमाम मतदाताहरू सहयात्री बनेर एकताबद्ध भएका छन्। गाउँ–टोलमा उठिरहेको स्वतःस्फूर्त जयजयकार, घर–घरबाट देखिएको समर्थन र दिन–रात खटिरहेका समर्थकहरूले नेता केसीको विजय अब औपचारिकतामात्र बाँकी रहेको अनुभूति गराइरहेको छ।

नुवाकोटको समग्र विकास, समृद्धि र उज्ज्वल भविष्यका लागि जगदीश्वर नर्सिङ केसीको जित अनिवार्य रहेको जनाउँदै क्षेत्र नं. २ का जनता उनको पक्षमा निर्णायक रूपमा एकताबद्ध भएर मैदानमा उत्रिएका छन्।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update