सामसङ नेपालले नयाँ वर्ष २०८३ को अवसरमा 'स्मार्ट घर, स्मार्ट सुरुवात' नामक नयाँ अभियान सार्वजनिक गरेको छ। अप्रिल १ देखि मे १४, २०२६ सम्म लागू हुने यस अफर अन्तर्गत ग्राहकहरूले सामसङका टिभीमा २५%, वाशिङ मेसिनमा २३% र रेफ्रिजरेटरमा १७% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
यसका साथै, चुनिएका टिभी मोडेलहरूको खरिदमा १२ महिनासम्मको नि:शुल्क NETTV प्याकेज र वाशिङ मेसिनमा ६ केजी 'सर्फ एक्सेल म्याटिक' पक्का उपहारको रूपमा उपलब्ध गराइएको छ।
नयाँ वर्षको यस योजनालाई थप सहज बनाउन सामसङले पहिलो पटक २४ महिनासम्मको विस्तारित EMI (किस्ताबन्दी) सुविधा पनि ल्याएको छ। ५० हजार रुपैयाँभन्दा माथिका उपकरणहरू ४०% डाउनपेमेन्ट गरी खरिद गर्दा उपलब्ध हुने यो योजनाले मासिक किस्ताको भार झण्डै आधा कम गर्ने कम्पनीले जनाएको छ।
सामसङ इन्स्टा फाइनान्समार्फत १२ महिनाको किस्ताबन्दीमा ०% ब्याजदरको सुविधा छ भने २४ महिनाको विकल्प रोज्दा ७.९९% अतिरिक्त ब्याज लागू हुनेछ।ग्राहकहरूले 'अर्क स्टोर' वा देशभरका आधिकारिक सामसङ रिटेल स्टोरहरू मार्फत आफ्ना पुराना उपकरणहरू साटेर नयाँ प्रविधिमा अपग्रेड गर्न सक्ने एक्सचेन्ज सुविधा समेत पाउन सक्नेछन्।
विशेष गरी Bespoke AI होम अप्लायन्स र Vision AI टिभीहरूलाई लक्षित गरी ल्याइएको यो अभियानले नेपाली उपभोक्ताहरूलाई बजेटमैत्री ढंगले आफ्नो घर स्मार्ट बनाउन सहयोग पुर्याउने विश्वास लिइएको छ।
