News 24 Television
सामसङको नयाँ ए-सिरिज सार्वजनिक : Galaxy A57 र A37 को प्रि-अर्डर सुरु,

काठमाडौँ । सामसङ नेपालले आफ्नो लोकप्रिय ए-सिरिज अन्तर्गत दुई नयाँ स्मार्टफोनहरू- Galaxy A57 5G र Galaxy A37 5G सार्वजनिक गर्दै प्रि-अर्डर खुला गरेको छ ।

अप्रिल ५ देखि १८, २०२६ सम्म चल्ने यस प्रि-अर्डर अवधिमा ग्राहकहरूले विशेष अफरका साथै २४ महिनासम्मको सजिलो ईएमआई (EMI) सुविधा प्राप्त गर्न सक्नेछन् । यी नयाँ फोनहरूमा सामसङको उन्नत 'असम इन्टेलिजेन्स' (Awesome Intelligence), ५० एमपी मुख्य क्यामेरा, र ६ वर्षसम्मको सुरक्षा अपडेट जस्ता अत्याधुनिक विशेषताहरू समावेश छन् ।

मूल्यको हकमा, Galaxy A57 5G को सुरुवाती मूल्य ८४,९९९ रुपैयाँ र Galaxy A37 5G को सुरुवाती मूल्य ६४,९९९ रुपैयाँ तोकिएको छ । प्रि-अर्डर गर्ने ग्राहकहरूले मोडल अनुसार ४,००० रुपैयाँसम्मको मेमोरी अपग्रेड अफर पाउन सक्नेछन् ।

सामसङ नेपालका वरिष्ठ निर्देशक प्रणयरत्न स्थापितका अनुसार, यी डिभाइसहरूले एआई प्रविधिलाई सर्वसाधारणको पहुँचमा पुर्‍याउने लक्ष्य राखेका छन् र केवल नागरिकताको आधारमा मासिक १,७६४ रुपैयाँदेखिको किस्तामा फोन खरिद गर्न सकिनेछ ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update