सर्लाही । सर्लाहीको लालबन्दीमा मरिन चोक छ । मरिन चोकमा चिटिक्क परेको प्रहरी बिट छ । जेन्जी आन्दोलन देखि त्यहाँ प्रहरी भने छैनन् । लालबन्दीको मरिन चोक व्यस्त चोकमै पर्छ । जेनजीले भदौ २३ र २४ गते गरेको आन्दोलनले हिंसात्मक रूप लिई प्रदर्शनकारीको निसानामा परेर प्रहरि बिट जलाइयो तर सो बिट स्थानिय यूवाहरुको सकृयतामा पून मर्मत गरेर अहिले चिटिक्क परेको प्रहरी बिट बनेको पनि ७ महिना भैसकेको छ ।
प्रहरीबिना समाजमा शान्तिसुरक्षा कायम हुन सक्दैन भन्ने महसुस गरेर नै अहिले अधिकांश प्रहरी युनिट सञ्चालनमा आएका छन् । जेन्जी आन्दोलन हूनू भन्दा अगाडी चौबिसै घण्टा प्रहरि हूने चोक अहिले सूनसान बनेको छ । कोही छैन कानुन भन्दा माथि ,सुख दुःखमा प्रहरी नै साथी नेपाल प्रहरिको नारा हो तर लालबन्दीको मरिन चोकमा रहेको प्रहरि बिटमा सुखमा होस वा दुखमा अहिले एक जना पनि प्रहरी पाइने अवस्था छैन ।
लालबन्दीको मरिन चोकमा चिटिक्क परेको प्रहरी बिट किन खाली छ भन्ने प्रश्नमा जिल्ला प्रहरि कार्यालय सर्लाहीले इलाका प्रहरि कार्यालयलाइ मरिन चोकको बिटमा प्रहरि राख्न पटक पटन लालबन्दी प्रहरिलाइ लालबन्दीका स्थानियले आग्रह समेत गरेका थिए ।
प्रहरीले बिट स्थापना गरी चौबिसै घण्टा निगरानी बढाएर अपाराधिक कृयकलापहरु न्यूनीकरण गर्ने आसा र आटका साथ सुरुवाती दिनहरूमा उपस्थिति देखाए पनि अहिले भने प्रहरी बिटमा चौबिसै घण्टा बन्द रहने गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरि निरिक्षक बिरेन्द्र जोहारि आय सगै लालबन्दीमा चोरि, लागू औषधको कारोबारी र अनैतीक कृयाकलाप बढीरहेको लालबन्दीका स्थानियबासीहरु बताउ छन ।

सुरक्षाका दृष्ट्रिकोणले अत्यन्तै संम्बेदनशिल सर्लाही जिल्लाको ठूलो बजार रहेको लालबन्दीमा राति होस वा दिनमा मरिन चोकमा रहेको प्रहरी बिटमा प्रहरि रहदा ब्यापारि स्थानिय र बिहान भाले बास्नु अगावै विद्यार्थी तथा राति अबेर सम्म स्थानीय पैदल यात्रु र सवारी यात्रुको दिनहुँ आवतजावत भई रहन्ने ठाउमा प्रहरि बिट रहे पनि प्रहरि नरहदा सुरक्षा चुनौती बढीरहेको र असुरक्षीत महसूस भयको स्थानिय बसन्त कार्कीले बताउ छन ।
लालबनिदको मरिन चोकमा २४ घण्टा प्रहरीको उपस्थिति रहने भन्दै स्थापना गरिएको प्रहरी बिटमा प्रहरी नै नभएपछि प्रहरी बिटको के काम भन्दै स्थानीयहरू ले पोखेको आक्रोश पनि स्वाभाविक मान्दा फरक नपर्ला कि ?
पछिल्लो समय सुरक्षाका दृष्ट्रिकोणले अत्यन्तै संम्बेदनशिल मानियको लालबन्दी नगरपालिका आसपासमा चोरी डकैती, लुटपाट, महिला माथि दुब्र्यहार, लागू औषधको कारोबार लालबन्दीमा बढिरहेका स्थानिय घनश्याम भन्डारिले बताएका छन । अझ बजार र रेल्बे डयाम्म लगायतका क्षेत्र त झन् गैर कानुनी कार्य को अखडा नै मानिएको छेत्र हो । तर पनि नागरीकको सुरक्षा मा लापरवाही गरीरहन्छ लालबन्दी प्रहरी । बजार क्षेत्रका प्रहरी बिटहरूमा लामो समयदेखि प्रहरी नहुँदा साना अपराध र ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ ।
सो विषयमा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरिक्षक बिरेन्द्र जोहारिलाई सोध्दा प्रहरीको जनशक्ति अत्यन्तै न्यून रहेकाले बिटमा २४ घण्टा प्रहरीलाई राखेर निगरानी बढाउन नसकिएको बताए । साथै जिल्ला प्रहरि कार्यालय सर्लाहीका सूचना अधिकारी एवंम प्रहरि निरिक्षक बिन्देश्वर यादबले इलाका प्रहरी कार्यालय लालबन्दी सङ्ग सहकार्य गरेर लालबन्दीको मरिन चोकमा रहेको बिटमा २४ घण्टा प्रहरी बन्ने व्यवस्था मीलाउने सर्लाही प्रहरिले बताएको छ ।
