News 24 Television
दुई जना असहाय व्यक्तिहरूलाई ह्विलचेयर प्रदान

सर्लाही । सर्लाहीको  ईश्वरपुर नगरपालिका वडा नं. १३ र १४ मा दुई जना असहाय व्यक्तिहरूलाई लायन्स क्लब अफ मधेस ईश्वरपुर हेल्पिङ ह्यान्ड्सको तर्फबाट व्हिलचेयर प्रदना गरेका छन् । साथै, नयाँ वर्षको शुभकामना पनि वडा नं. १३ र १४ का सम्पूर्ण बासिन्दा, लायन्स क्लबका सदस्यहरू तथा अन्य सम्मानित व्यक्तित्वहरूसँग शुभकामना आदान–प्रदान गरेको लायन्स क्लब मधेश प्रदेश ईश्वरपुर हेल्पिङ ह्यान्डसका अध्यक्ष डा. आलोक कुशवाहाले जानकारी दिए ।

यस महत्वपूर्ण तथा ऐतिहासिक कार्यलाई सफल बनाउन सहयोग पुर्याउनुहुने डेनमार्क निवासी मनकारी समाजसेवी व्यक्तित्व भुवन द्वज थापा ज्यु तथा यस अभियानलाई हामीसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने लायन्स इन्टरनेशनलका एरिया कोअर्डिनेटर राजकुमार न्यौपानेको पहलमा ह्वील चेयर प्रदान गरिएका हो ।

आर्थिक अवस्थासमेत कमजोर रहेका दुवै अशक्त व्यक्तिलाई हिँड्डुलमा सहयोग पुगोस् भन्ने उद्देश्यले ह्वील चेयर प्रदान गरिएको लायन्स क्लब मधेश प्रदेश ईश्वरपुर हेल्पिङ ह्यान्डसका अध्यक्ष डा. आलोक कुशवाहाले जानकारी दिए ।

आगामी दिनहरूमा पनि यस्ता सेवामूलक कार्यहरूमा लायन्स क्लब मधेश प्रदेश ईश्वरपुर हेल्पिङ ह्यान्डसले निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरेका छन । लायन्सको मूल उद्देश्य सेवा नै हो भन्ने भावनालाई आत्मसात् गर्दै हामी पुनः गाउँ–नगरबासीको सेवामा समर्पित रहेको जानकारि लायन्स क्लब मधेश प्रदेश ईश्वरपुर हेल्पिङ ह्यान्डसले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update