News 24 Television
मुगुमा गरियो माटो परिक्षण, कसरी जोगाउन सकिन्छ माटोको गुणस्तर ?

मुगु । किसानले जथाभावी रासायनिक मल र बिषादीको प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास हुँदै गएको पाइएको छ । मगुको छाँयानाथ रारा नगरपालिकामा माटो परीक्षण शिविरमा खेतीयोग्य जमिनको माटो बढी बिग्रिएको प्राविधिकले निष्कर्ष निकालेका हुन् । 

राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन एकाई मुगुको आयोजना र कर्णाली प्रदेश सरकार भुमि ब्यवस्थापन कृषि तथा सहकासी मन्त्रालय एकिकृत कृषि प्रयोगशाला बिरेन्द्रनगर सुर्खेतको प्राबिधिक सहयोगमा छाँयानाथ रारा नगरपालिकामा १  मा यसवर्ष पनि माटो परिक्षण गरिएको छ ।  

मुगुको गमगढी बजारमा केहीदिन अघि सञ्चालन भएको माटो परिक्षण शिविरमा छाँयानाथ रारा नगरपालिकामा १ सय ६ स्थानको माटो परिक्षण गर्दा पि.एच तर्फ बढी अम्लीय १० देखिएको छ भने तथस्टमा ४५ क्षरियतर्फ ४२ नाईटोजनतर्फ मध्यम १ सय २ र आधिक ४ फस्फोरसतर्फ मध्यम ३ आधिक १ सय ३ र पोटासतर्फ कम २ मध्यम ६७ अधिक ३६ रहेको देखिएको छ । माटो परीक्षण गर्दा खेतियोग्य जमिनमा अम्लीय र क्षारीयपना बढी देखिएको हो  ।  

बार्षिक कार्यक्रम अनुसार प्रत्येक बर्ष मुगुमा माटो परिक्षण शिबिर सन्चालन हुदै आएको छ । मुगुमा नियमित माटो परिक्षण गरिएको यो तेस्रो बर्ष हो। गर्त बर्ष जिल्लामा रहेका ४ स्थानीय तहबाट गरी १ सय ४३ जना कृषकहरुले ल्याएको माटो परिक्षण गर्दा सबै भन्दा बढी ५९ स्थानको माटोमा क्षारीयपन र अम्लीय पन २८ रहेको देखीएकोे थियो । 

यो बर्ष छाँयानाथ रारा नगरपालिका भित्र रहेका खेतियोग्य जमिनमध्ये स्याउ, आरु, ओखर, नास्पति जस्ता फलफुल उत्पादन हुने क्षेत्रको १ सय ६ स्थानको माटो परिक्षण गर्दा सबैभन्दा बढी अम्लीय पन भएको १० स्थानको देखिएको छ भने अन्य स्थानको राम्रो देखिएको छ । अम्लीयपन घटाउनको लागी कृषकहरुलाई तालिम गोष्ठी दिनुका साथै बिषेश गरी सल्लाको पिरलबाट मल बनाउने,  बर्खाको पानी र हावाहुरीले उडायर लाने भएको हुदा अम्लीए र पोटासको समस्या देखीएको राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यन्वय एकाई मुगुले जनाएको छ । 

माटोमा कस्तो पोषण तत्व पाउँछ, कस्तो माटोमा कुन बाली लगाउँदा राम्रो हुन्छ भन्ने हिसाबले समय–समयमा माटो परिक्षण गराउनु पर्नेमा किसानको जोड छ।

माटो विग्रिनुका कारण 

गोबर वा कम्पोष्ट मल, हरियो मल आदिको प्रयोग न्यून रासायनिक मलको असन्तुलित प्रयोग हुनुका साथै विषादीको प्रयोग बढ्नु बालीचक्रको आधारमा खेती नगरिनु र बालीचक्रमा कोशेबालीको प्रयोग घट्दै जानु नै देखिन्छ।

यस्तै, अवैज्ञानिक तरिकाबाट सघन खेती गरिनु, भू–क्षय निरन्तर भइरहनु तथा औद्योगिक प्रदूषणको मात्रा बढनु, कृषि औजारको अधिकतम् प्रयोगले माटो कडा बन्दै जान्छ, जसले उत्पादकत्वमा ह्रास आउछ भने माटोको गुणस्तर समेत बिग्रिन थाल्छ। यस्ता विषयमा किसानलाई नै सचेत बनाउदै माटो संरक्षणका निम्ति प्रोत्साहित गर्नुपर्ने देखिन्छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update