News 24 Television
होटल सब्रिना र फ्रान्सेली समूह 'एकोर' बीच सम्झौता : नेपालमा भित्रियो दक्षिण एसियाकै पहिलो 'ट्राइब' ब्रान्ड

काठमाडौँ । होटल सब्रिना (Hotel Sabrina)ले अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा नयाँ उपलब्धि हासिल गर्दै फ्रान्सेली होटल समूह एकोर (Accor) अन्तर्गतको “ट्राइब” (Tribe) ब्रान्डसँग दक्षिण एसियाकै पहिलो व्यवस्थापन सम्झौता गरेको छ।

होटल सब्रिनाका अध्यक्ष निराजन थापा (Nirajan Thapa) र दक्षिण एसियाका लागि एकोरका सीईओ रञ्जु एलिक्स (Ranju Alex) बीच उक्त सम्झौता १४ मे २०२६ मा पुलम्यान नयाँ दिल्ली एरोसिटी (Pullman New Delhi Aerocity) मा सम्पन्न भएको हो।

0c658fce-99fb-4f44-a067-3516e8eb4a25-1779266200.jpg
१०० भन्दा बढी कोठा रहने “ट्राइब बाई एकोर” (Tribe by Accor) होटल आधुनिक जीवनशैली, प्रिमियम सेवा तथा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य अनुभव प्रदान गर्ने लक्ष्यसहित निर्माण गरिने जनाइएको छ। परियोजनामा करीब २ अर्ब रुपैयाँ लगानी हुने बताइएको छ, जसमा १२२ करोड रुपैयाँ इक्विटी लगानी रहनेछ भने बाँकी रकम एभरेष्ट बैंक (Everest Bank) को ऋणमार्फत व्यवस्थापन गरिनेछ।

16ba1230-f6e5-4c8b-9811-e66b0abad08c-1779266223.jpg
दक्षिण एसियामै पहिलो “ट्राइब” ब्रान्ड होटलका रूपमा स्थापित हुने यस परियोजनाले नेपालको पर्यटन तथा होटल उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाउने विश्वास गरिएको छ। होटललाई सन् २०२७ डिसेम्बरसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

f5829c66-1ed9-4be4-867f-47b975a33c25-1779266209.jpg
 

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update