News 24 Television
सामसङ ग्यालेक्सी एस २६ प्लसमा २३ हजार रुपैयाँसम्म क्यासब्याक अफर

काठमाडौँ । सामसङ नेपालले आफ्नो नयाँ प्रिमियम स्मार्टफोन सामसङ ग्यालेक्सी एस २६ प्लसमा सीमित अवधिका लागि आकर्षक क्यासब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस अफर अन्तर्गत ग्राहकहरूले २३ हजार रुपैयाँसम्मको इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यस योजनाले फोनलाई अझ सुलभ मूल्यमा उपलब्ध गराउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

प्रिमियम तथा इमर्सिभ स्मार्टफोन अनुभव खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै डिजाइन गरिएको ग्यालेक्सी एस २६ प्लसले सामसङको ‘प्लस’ डिजाइनमार्फत उत्कृष्ट प्रदर्शन, सहज प्रयोग अनुभव र नवीन प्रविधिको सन्तुलन प्रदान गर्ने कम्पनीको दाबी छ । आधुनिक डिजाइन, शक्तिशाली फिचर र उन्नत प्रयोग अनुभवका कारण यो स्मार्टफोन प्रिमियम सेग्मेन्टका प्रयोगकर्तामाझ आकर्षक विकल्प बन्न सक्ने अपेक्षा गरिएको छ ।

सीमित अवधिको यस अफर अन्तर्गत ग्यालेक्सी एस २६ प्लस खरिद गर्दा ग्राहकहरूले २३ हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन ्। क्यासब्याकपछि फोनको मूल्य १ लाख ८२ हजार ९ सय ९९ रुपैयाँबाट घटेर १ लाख ५९ हजार ९ सय ९९ रुपैयाँ कायम हुने बताइएको छ । कम्पनीका अनुसार यो अफर मे १९ देखि जुन ३१ सम्म लागू रहनेछ । 

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update