काठमाडौं । दुइ दशक देखि बैदेशीक अध्ययनको परामर्श सेवा प्रदान गर्दै आएको मोटिफ एजुकेशन अब्रोडले विगतमा जस्तै ‘गो ग्लोबल एजुकेशन फेयर २०२६’ आयोजना गर्ने भएको छ ।
मे २२ तारिख शुक्रबार नयाँ बानेश्वरस्थित मोटिफको कार्यालयमा हुने फेयर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।
फेयरमा सहभागी मध्ये एक जना विद्यार्थीले लक्की ड्रमार्फत म्याक बूक जित्ने अवसर समेत पाउने मोटिफका संस्थापक उमेश पाण्डेले जानकारी दिए ।
फेयरमा बेलायत, अस्ट्रेलिया, न्युजिल्याण्ड, थाइल्याण्ड लगायत मुलुकका विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
शुक्रबारको कार्यक्रममा वैदेशिक अध्ययनमा जाने सोच बनाएका विद्यार्थीहरूले विभिन्न देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर समेत रहने पाण्डेको भनाइ छ ।
फेयरमा सहभागी विद्यार्थीले कम शुल्कमा अध्ययन गर्न सकिने कलेजबारे जानकारी, अन-द-स्पट एडमिसन असिस्टेन्स, विशेषज्ञसँग वान-टु-वान काउन्सेलिङ, भिसा सपोर्ट सेवा तथा अध्ययन योजनासम्बन्धी मार्गदर्शन प्राप्त गर्न सक्नेछन् । साथै आयोजकले विशेष उपहारसंगै गिभअवे कार्यक्रम पनि राखिएको जनाएको छ ।
हाल नेपाली विद्यार्थीहरू उच्च शिक्षा, रोजगारी अवसर र अन्तर्राष्ट्रिय एक्सपोजरका लागि विदेश अध्ययनतर्फ आकर्षित भइरहेका बेला यस्ता शैक्षिक मेलाले सही सूचना र तयारीमा सहयोग पुग्ने अपेक्षा गरिएको पाण्डेले बताए ।
मोटिफ एजुकेशनका अनुसार कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीले अनलाइनमार्फत 'प्रि रजिस्ट्रेसन' गर्न सक्नेछन् ।
आयोजकले विद्यार्थी तथा अभिभावकलाई समयमै रजिस्ट्रेसन गरी कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।
पाण्डेले यो फेयर एकदमै विशेष भएको र यसमा करीब ३ सयभन्दा बढी विद्यार्थीको सहभागीता रहने अपेक्षा गरिएको बताए ।
सन् २००७ देखि विदेश अध्ययनसम्बन्धी सेवा दिँदै आएको मोटिफले विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, कलेज छनोट, भिसा प्रक्रिया र करिअर मार्गदर्शनबारे प्रत्यक्ष परामर्श उपलब्ध गराउँदै आएको छ । गो ग्लोबल फेयर भने मोटिफले सन् २०२४ बाट सुरू गरेको हो । अहिले कम्पनीले तेस्रो संस्करणको ग्लोबल फेयर गर्न लागेको जनाएको छ ।
मोटिफले आगामी साउन महिनासम्ममा आइएलइटीएस तथा पीटीई कक्षा लिनेमध्ये एक जनालाई पनि लक्की ड्रमार्फत म्याकबूक दिने अफर ल्याएको छ ।
