काठमाडौं । विश्वकै नम्बर १ एन्टी–ड्यान्ड्रफ स्याम्पु क्लियर मेनले फिफा विश्वकप २०२६ सँगको आफ्नो विश्वव्यापी सहकार्यलाई नेपालमा विस्तार गर्दै ‘क्लियर हेडले खेलौँ’ अभियान सार्वजनिक गरेको छ। अभियानमार्फत कम्पनीले नेपाली युवा तथा फुटबलप्रेमीलाई आत्मविश्वास, स्पष्ट सोच र खेल संस्कृतिसँग जोड्ने लक्ष्य राखेको जनाएको छ।
नेपालमा फुटबल केवल मैदानमा सीमित नभई फुटसल, सडक फुटबल, सामाजिक सञ्जाल र युवाको दैनिक जीवनशैलीको हिस्सा बन्दै गएको सन्दर्भमा क्लियर मेनले नयाँ अभियान ल्याएको हो। कम्पनीका अनुसार अभियानले खेलप्रतिको उत्साहलाई अझ व्यापक बनाउनेछ।
अभियानअन्तर्गत सीमित संस्करणको क्रिस्टियानो रोनाल्डो प्याक बजारमा ल्याइएको छ। उक्त प्याकमा रोनाल्डोको तस्वीर र हस्ताक्षर समावेश गरिएको छ, जसले खेलप्रेमीमा प्रेरणा र आत्मविश्वासको सन्देश दिने विश्वास कम्पनीको छ।
अभियानको मुख्य आकर्षण ‘क्लियर हेडले खेलौँ’ एन्थम गीत रहेको छ। नेपाली हिप–हप कलाकार गिरीश खतिवडाले प्रस्तुत गरेको गीतले क्लियर मेनको ‘प्ले विथ अ क्लियर हेड’ अवधारणालाई नेपाली युवा र फुटबल संस्कृतिसँग जोडेको छ।
युनिलिभर नेपालका प्रतिनिधिहरूले अभियानले विश्वकपको उत्साहलाई नेपाली उपभोक्तासम्म पुर्याउँदै खेल र आत्मविश्वासबीचको सम्बन्धलाई अझ मजबुत बनाउने बताएका छन्। साथै, अभियानलाई डिजिटल माध्यम, टिकटक चुनौती, कन्टेन्ट निर्माण तथा विभिन्न उपभोक्ता सहभागिता कार्यक्रममार्फत देशभर विस्तार गरिने जनाइएको छ।
