News 24 Television
सुमार्गीको अर्थ चक्रमा गहन अनुसन्धान, होला कारबाही ?

काठमाडौं । पछिलो समय सम्पत्ति शुद्धिकरण र भ्रष्टाचारको बिषयमा सरकार आक्रामक देखिएको छ ।यहि शिलशिलामा चर्चित व्यवसायी अजेयराज सुमार्गी फेरि एकपटक राज्यका अनुसन्धान निकायको केन्द्रमा परेका छन । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनी माथि बिस्तृत अनुसन्धान अगाडि बढाएको छ ।

अनुसन्धानको क्रममा उनको राहदानी अर्थात पासपोर्ट रोक्का गरिएको छ ।यो खबर सार्वजनिक भएसगै धरै मासिनको मनमा प्रश्न उठेको छ । आखिर सुमार्गीमाथि अहिले किन अनुसन्धान भइरहेको छ ?कि उनले हालै कुनै विवादस्पद काम गरेका हुन? या पुरानो फाईल फेरि खोलिएको हो ?

अजेयराज सुमागीको यो कुनै नयाँ प्रकरण होइन। यसको जरो करिब एक दशक पुरानो छ । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अजेयराज सुमार्गी माथि पहिलो पटक २०७४ सालमा अनुसन्धान सुरु गरेको थियो। त्यसबेला उनले बिदेशबाट नेपालमा ल्याएको अर्बौं रुपैयाँको स्रोत शंकस्पद देखिएको भन्दै प्रारम्भिक अनुसन्धान गरिएको थियो।बिभिन्न सरकारी निकायहरुले उनको कारोबारमा कैफियत देखिएको निश्कर्ष निकालेका पनि थिए। तर त्यसपछि यो अनुसन्धान लामो समयसम्म अगाडि बढ्न सकेको थिएन ।

अहिले भने फेरि त्यही फाईल खुलेको छ । विभागले विस्तृत अनुसन्धान अगाडि बढाएको छ ।सबै भन्दा पहिला बुझनु पर्ने कुरा के हो भने पासपोर्ट रोक्का हुनु भनेको चाहि दोषी ठहर हुनु होईन । यो अनुसन्धानको एउटा कानुनी प्रकिृया मात्रै हो। कुनै ब्यक्ति अनुसधानको क्रममा देश छाडेर बिदेश जान नपाओस, आवश्यक पर्दा बयान लिन सकियोस र अनुसन्धान प्रभावित नहोस भने ध्येयले यस्तो गर्न गरिन्छ ।विशेषगरि आर्थिक अपराध, सम्पत्ति शुद्धिकरण र संगिठत अपराधमा यस्तो अभ्यास विश्वभर प्रचलित छ । राहदानी ऐन २०७६ को दफा १२  क अनुसार सम्पत्ति शुद्धिकरण  कसुरमा अनसन्धान गर्नुपर्ने अवस्थामा कुनै पनि ब्यक्ति राहदनी रोक्का राख्न सक्छ ।यही भएर सुमागीको राहदानी रोक्का राखिएको हो। 

सुमार्गीविरुद्धको आरोप के हो ? 

सुमार्गीविरुद्धको मुख्या आरोप हो, ट्याक्स हेवन भनिने देशहरुमा नाम मात्रका कम्पनी खडा गरेर आफनै वा  स्रोत नखुलेको रकमलाई बिदेशी लगानीको रुपमा नेपाल भित्राएर सम्पत्ति शुद्धिकरण गरेको । यसलाई बुझ्नको लागि पहिला ट्याक्स हेवन के हो ? त्यो बुझनु पर्छ ।

ट्याक्स हेवन भनेको त्यस्तो देश वा क्षेत्र हो जहाँ कम्पनी दर्ता गर्न निकै सजिलो हुन्छ । करको दर निकै कम वा शुन्य जस्तै हुन्छ । कम्पनीका वास्वविक मालिकको विबरण गोप्य राखिएको हुन्छ ।यस्ता देशहरुमा खोलिएका धेरै कम्पनीहरुको वास्तविक व्यापार नै हुदैन । 

कार्यालय हुदैन, कर्मचारी हुदैनन, उत्पादन हुदैन। कागजमात्र सबै कुरा हुन्छ ।कम्पनी हुन्छ र त्यसलाई आर्थिक करोबारको माध्यम रुपमा प्रयोग गरिन्छ ।त्यो पनि कागजको कम्पनीलाई । त्यस्ता देशहरुलाई अन्तराष्ट्रिय रुपमा सिग्रेसी जुरिडेकस्न अर्थात गोप्य आर्थिक क्षेत्र पनि भने गरिन्छ ।सुमार्गीको अनुसन्धानमा विशेषगरि दुई देश जोडिएका छन साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्स । ब्रिटिस भर्जिन आइल्यान्ड्स प्रशान्त महासागरको एउटा टापु राष्ट्र हो । यसको जनसंख्या नेपालको धेरै गाउपालिको भन्दा पनि कम छ । तर अचमको कुरा के छ भने नेपाल सबैभन्दा धेरै विदेशी लगानी गर्ने मुलुकहरुको सूचीमा भारत र चीन पछि परेको छ ।त्यहाँ करिब साढे ९ लाख  कम्पनी दर्ता छन । 

सानो देशमा यति धेरै कम्पनी हुनु आफैमा शंकाको बिषय मानिन्छ ।त्यसैले युरोपियन युनियन र अन्या अन्तराष्ट्रिय निकायहरुले यसलाई ट्याक्स हेवनको सूचीमा राखेका छन। आर्थिक अराधका बिज्ञहरुका अनुसार यस्ता देशमा अबैध कमाइको पैसा पुराउन नाम मात्रको कम्पनी खोल्न र त्यही कम्पनी मार्फत विदेशी लगानीको रुपमा अर्को देशमा रकम पठाउन सकिन्छ । 

यसरी आफनो पैसा बिदेश पुराएर फेरि बिदेशी लगानीको रुपमा आफनै देशमा फकाउने प्रकिृयालाई राउन्ड टिपिङ्ग भन्निछ ।यही प्रकारको शंकास्पल कारोबारमा सुमार्गीको नाम जोडिएको हो। 

सम्पत्ति शुद्धिकरणको प्रारम्भिक प्रतिवेदन अनुसार सुमार्गीले साइप्रस स्थित एयरवेल सर्भिसेज प्रालि, ब्रिटिस भर्जिन आइल्यान्ड्स्थीत जोधार इन्भेस्टमेन्ट प्रालि लगायत कम्पनीमार्फत अर्बौं रुपैंयाँ नेपाल भित्र्याएका थिए ।अनुसधानका अनुसार सन् २००८ देखि २०१३ को बिचमा मात्र सुमार्गीले ९ पटकमा ६ करोड ३१ लाख ८५ हजार ५ सय ३३ अमेरिकी डलर एयरवेलबाट आफ्ना नेपाली कम्पनीमा रकम भित्र्याएको आरोप छ ।यो ठूलो रकम हो ।नेपाली रुपैंयाँमा यसको मुल्य  बिनिमय दर अनुसार झन्डै साढे ८ अर्ब भन्दा बढी हुन्छ ।यस्तै जोधार इन्भेस्टमेन्ट कम्पनी मार्फत २६ पटकमा ४ करोड ८३ लाख ७२ हजार अमेरिकी डलर नेपाल ल्याईएको देखिन्छ ।यी दुई कम्पनीबाट मात्र नेपालमा भित्रिएको रकम अर्ब रुपियाँ हुन्छ ।

तर त्यो रकम कहाँ बाट आयो, कसको पैसा थियो ?त्यसको वास्तबिक स्रोत के थियो ? यही प्रश्नको उत्तर राज्यका निकायले पाउन सकेन ।२०७४ सालमा सम्पत्ति शुद्धिकरण अनुसन्धान बिभागले तयार पारेको प्रारम्भिक प्रतिवदेनमा ती रकमको स्रोत नखुलेको र शंकास्पद मान्नु पर्ने निश्कर्ष निकालिएको थियो ।सुमार्गीले विदेशबाट ल्याएको करिब साढे ३ अर्ब रुपैयाँलाई नेपाल राष्ट्र बैंकले पनि शंकास्पद भन्दै निकासा रोकिदिएको थियो ।सुमार्गीले वैधानिक कागजात पेस गर्न नसक्दा विभिन्न वाणिज्य बैंकमा रहेको रकम राष्ट्र बैंकले सिज गरेको थियो ।तर २०७५ पछि ती बैंकबाट सुमार्गीले रकम झिकिसकेका समेत बताईन्छ । यसले अर्को प्रश्न पनि जन्माउछ ।यदि त्यो रकम शंकास्पद थियो भने त्यसलाई किन निकास गर्न दियो । 

यहि प्रश्नले नियामक निकायहरुको क्षमता र राजनीतिक  प्रभावबारे समेत प्रश्न उठाईदिन्छ ।सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको सीआईबी लगायत निकायका अधिकारीहरुले सुमार्गीको कारोबार शंकास्पद रहेको भन्दै प्रतिवेदन बुझाएका थिए ।तर त्यसपछि अनुसन्धान लगभग ठप्प जस्तै बन्यो । सुमार्गी नेपालका प्रभावशाली ब्यवयासी मध्ये एक मानिन्छ ।उनी दुरसंचार ,बैकिङ्ग ,होटल पूर्वाधार र अन्या बिभिन्न क्षेत्रमा लगानी गरेका ब्यावसायी हुन ।

बिगतमा उनी शक्तिशाली राजनिति नेतृत्व सग नजिक रहेको चर्चा पनि बराम्बार हुने गरेको छ ।यही कारणले २०७४ सालमा सरु भएको अनुसन्धान अगाडि बढ्न नसेको दाबी गरिन्छ।अहिले भने बिभागले त्यही फाइल फेरि खोलिदिएको हो । यो प्रकरणमा अर्को महत्वपूण मोड ल्याएको थियो, खोज पत्रकारिता केन्द्र र खोज पत्रकारिता केन्द्र अर्थात खोपके र अन्तराष्ट्रिय पत्रकारहरको संस्था आईसीआईजेले सार्वजनिक गरेको नेपाल लिक्स रिपोर्ट । 

नेपाल लिक्स वास्तवमा अन्तरराष्ट्रिय स्तरको ठुलो अनुसन्धानको हिंसा थियो ।यसले बिभिन्न देशका राजनितिक नेता, ब्यवयीक र प्रभावशाली ब्यक्तिहरु बिदेशको खोलेका गोप्य कम्पनीहरुको विवरण सार्वजनिक गरेको थियो ।सो रिपोर्टमा अजेयराज सुमार्गी सम्बिन्धत अफसोर कम्पनीहरुको बिवरण पनि सार्वजनिक भएको थियो । 

रिपोर्टका अनुसार साइप्रसमा दर्ता भएको एयरवेल सर्भिसेज प्रालि सन २००८ देखि सकिृया थियो ।यसको सम्बन्ध सुमार्गीसग रहेको देखिन्थ्यो ।यस्तै ब्रिटिस भर्जिन आइल्यान्ड्मा दर्ता भएको जोधार इन्भेस्टमेन्ट प्रालिका लगानीकर्ता मध्ये एक स्वयम सुमार्गी थिए । भने अर्को लगानीकर्ता उनीसग सम्बिन्धत कम्पनी निर्देशक अर्जुन शर्मा रहेको उल्लेख गरिएको थियो ।अनुसन्धानमा के पनि देखिएको थियो भने एउटै समूहका कम्पनीहरु एक अर्केको सेयर किने हस्र्तारण गर्ने र लगानी घुमाई रहने जटिल संरचना बनाईएको थियो ।सुमार्गीसग अर्को गम्भिर आरोप कर छली सग छ ।

महालेखा परीक्षकको ५४ औं प्रतिवेदनअनुसार दुई पटक गरेर सुमार्गीले ९५ करोड ५० लाख र ४५ करोड ३८ लाख रुपैयाँ कर छली गरेका छन् ।महालेखाको सो प्रतिवेदनअनुसार उनले नेपाल र विदेशमा रहेका कम्पनीहरूबीच सेयर बिक्री गर्ने नाममा कुल १ अर्ब ४० करोड ८८ लाख रुपैयाँ कर छली गरेको उल्लेख गरेको थियो ।

यदि यो आरोप प्रमाणित भयो भने यो बिषय कर छलीको बिषय मात्र रहदैन ।किनकि कर छलेर कमाईएको सम्पती पनि सम्पती शुद्धिकरणको अनुसन्धानको बिषय बन्न सक्छ ।यो पनि गैरकानुनी हुन सक्छ ।सुमार्गीका नाममा अहिले सम्म कम्तीमा ४१ पटक ट्याक्स हेवन अर्थात करका लागि अनुकूल स्थान मानिने ब्रिटिस भर्जिन आइल्यान्ड्स, साइप्रस, बेलारुस, इजिप्टलगायत मुलुकबाट रकम जम्मा भएको देखिएको छ । 

प्रतिवेदनअनुसार उक्त रकम २०६२\६३ पछि खोलिएका सुमार्गीका १२ कम्पनी,उनकी श्रीमती सम्झना अर्याल, भाइ अरुण, बहिनी अनिता, बहिनीज्वाइँ राजनप्रसाद सुवेदी, छोरा अभिमतराज, आमा विश्वकान्ति कलावती, भाइबुहारी अंकिता, जेठीसासू शिशु अर्याल र कृष्णप्रसाद शर्मा लगायतका नाममा आएको देखिन्छ ।

गैरकानूनी रूपमा विदेशमा कम्पनी खोल्ने,त्यसैबाट अनुमति नै नलिई नेपाल भित्र्याउने काम अवैध सम्पत्ति बैध बनाउने अर्थात् कानूनी भाषामा सम्पत्ति शुद्धीकरणको अपराध मानिन्छ ।यसबाट नेपालको गैर कानूनी आर्जन, विदेशमा पु¥याउने, विदेशमा कम्पनी खोल्ने त्यसमा राख्ने,पछि त्यसैलाई विदेशी लगानी भनेर नेपाल भित्र्याउने चक्र कसरी चलिरहेको छ भन्ने प्रष्ट देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  ०९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update