News 24 Television
याडिया नेपालद्वारा नयाँ विद्युतीय स्कुटर सिरिज ‘GS70, GT70 र GT80’ सार्वजनिक गर्ने घोषणा

काठमाडौँ । विश्वकै नम्बर १ विद्युतीय दुईपांग्रे सवारी साधन ब्रान्ड याडिया (YADEA) को नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ। कम्पनीले अत्याधुनिक प्रविधियुक्त GS70, GT70 र GT80 मोडेलका विद्युतीय स्कुटरहरू चाँडै नेपाली बजारमा ल्याउन लागेको जानकारी दिएको हो।  

नयाँ सिरिजको आगमनले नेपालमा स्मार्ट, दिगो तथा भरपर्दो विद्युतीय यातायातलाई प्रवर्द्धन गर्ने याडियाको प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास लिइएको छ। आधुनिक प्रयोगकर्ताको आवश्यकता अनुरूप डिजाइन गरिएका यी नयाँ मोडेलहरूमा अत्याधुनिक प्रविधि, उन्नत सुरक्षा प्रणाली, स्मार्ट कनेक्टिभिटी, प्रभावशाली यात्रा दूरी (रेञ्ज) र आकर्षक आधुनिक डिजाइन समावेश गरिएको छ, जसले चालकलाई उत्कृष्ट र सहज यात्राको अनुभव प्रदान गर्नेछ।  

विशेषगरी दैनिक सहरी आवतजावत, लामो दूरीको यात्रा तथा उच्च प्रदर्शन खोज्ने ग्राहकहरूलाई लक्षित गर्दै यी स्कुटरहरू विकास गरिएका हुन्। यी मोडेलहरूले व्यवहारिक, किफायती तथा वातावरणमैत्री यातायातको समाधान प्रदान गर्नेछन्। नयाँ मोडेलहरूले उत्कृष्ट प्रदर्शन, सुरक्षा, आराम र स्मार्ट प्रविधिलाई एउटै मञ्चमा प्रस्तुत गर्दै नेपाली उपभोक्ताको बदलिँदो आवश्यकता पूरा गर्ने कम्पनीको दाबी छ।  

कुजु नेपालका अनुसार यी तीनै मोडेलहरूको विस्तृत प्राविधिक विशेषता, मूल्य, उपलब्धता तथा विशेष लन्च अफरहरूबारे आगामी ६ अगस्ट २०२६ (साउन २१) मा आयोजना हुने औपचारिक सार्वजनिक कार्यक्रममा जानकारी गराइनेछ। 

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update