काठमाडौँ । दुग्ध उत्पादक कम्पनी सिताराम गोकुल मिल्क्स प्राइभेट लिमिटेडले आफ्ना ग्राहकलाई सहज सेवा दिन नयाँ आधिकारिक वेबसाइट सिताराम दुध डटकम सञ्चालनमा ल्याएको छ। साथै, आगामी एक साताभित्रै एन्ड्रोइड र आईओएस प्लेटफर्ममा उपलब्ध हुने गरी आफ्नै मोबाइल एप पनि सार्वजनिक गरिने भएको छ।
कम्पनीका प्रबन्ध निर्देशक सुमित केडियाले सानेपास्थित केन्द्रीय कार्यालयबाट उक्त डिजिटल प्लेटफर्मको शुभारम्भ गरेका हुन्। यस प्लेटफर्ममार्फत ग्राहकहरूले घरमै बसेर शुद्ध दूध, घिउ, सुगर९फ्री दही, पनिर, मोत्जारेला चिज, लस्सी, बटर र आइसक्रिमजस्ता उत्पादनको मूल्य तथा पोषण विवरण हेर्न र अनलाइन अर्डर गर्न सक्नेछन्।
प्लेटफर्ममा नियमित खरिदका लागि सब्स्क्रिप्सन मोडल तथा ई९सेवा र खल्तीजस्ता डिजिटल वालेटबाट भुक्तानीको व्यवस्था गरिएको छ। कम्पनीले डिजिटल डेलिभरी प्रणालीमार्फत आफ्ना उत्पादनहरू ग्राहकको घरदैलोसम्म छिटो र सहज रूपमा पुर्याउने लक्ष्य लिएको छ।
