News 24 Television
नाइमा मोबिलिटी एक्स्पो २०२६ मा एथर नेपालको ५०० भन्दा बढी इलेक्ट्रिक स्कुटर बुकिङ

काठमाडाैँ । वैद्य इनर्जीअन्तर्गत रहेको 'एथर नेपाल'ले ६ दिने 'नाइमा मोबिलिटी एक्स्पो २०२६' मा ५०० भन्दा बढी स्कुटर बुकिङ हासिल गरेको छ। यो सफलता कुनै अल्पकालीन छुट वा अफरका कारण नभई एथरका अत्याधुनिक इलेक्ट्रिक स्कुटर, गुणस्तरीय प्रविधि र बलियो बिक्रीपछिको सेवाप्रतिको ग्राहक आकर्षणका कारण सम्भव भएको हो।

कम्पनीले सवारी खरिदपछि ग्राहकलाई दिइने सेवा र सुविधा (ओनरसिप इकोसिस्टम) लाई प्राथमिकतामा राखेको छ। 'एट सेभेनटी' (Eight70) वारेन्टीअन्तर्गत ब्याट्रीमा ८ वर्ष वा ८०,००० किलोमिटरसम्म कम्तीमा ७० प्रतिशत ब्याट्री क्षमता कायम रहने ग्यारेन्टी दिइएको छ। साथै, नेपालभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड विस्तार भइसकेकाले ग्राहकमा दीर्घकालीन विश्वास बढेको देखिन्छ।

एक्स्पोमा सार्वजनिक गरिएको नयाँ 'एथर ४५० ओभरटोन सिरिज'का आधुनिक विशेषताहरूले आगन्तुकहरूको ध्यान विशेष रूपमा खिचेका थिए। यसमा सहज थ्रोटलमार्फत ब्रेक नियन्त्रण गर्ने 'मैजिक ट्विस्ट', लामो दूरीको यात्रा सहज बनाउने 'इन्फिनिट क्रुज' र 'भोइस अन एथर' जस्ता प्रविधि समावेश छन्। नयाँ सिरिजका साथै एथर ४५० र रिज्टा मोडलले पनि सहरी यात्राका लागि विभिन्न विकल्प प्रदान गरेका छन्।

9eee361d-fcfc-4bb0-bb83-552b9e068080-1787053065.jpg
एथर नेपालका अनुसार ५०० भन्दा बढी बुकिङ हुनु भनेको बिक्रीको तथ्याङ्क मात्र नभई नेपालमा विद्युतीय सवारी साधन र एथरको ब्रान्डप्रतिको बढ्दो जनविश्वासको प्रमाण हो। ग्राहकहरूले केवल स्कुटर मात्र नभई ब्याट्रीको ग्यारेन्टी, चार्जिङ सुविधा र भरपर्दो प्रविधिलाई महत्त्व दिन थालेको पुष्टि गर्दै कम्पनीले आगामी दिनमा पनि यस्तै सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update