काठमाडौं । जेनजी आन्दोलनको एक वर्ष पुग्दै गर्दा सहीद परिवारले न्याय मागिरहेका छन्। जेनजी आन्दोलनबारे छानविन गर्न बनेको आयोगका प्रतिवेदन कार्यान्वयनको माग गरिरहेका छन भने सरकारले जेनजी आन्दोलनलाई उपेक्षा गरेको आरोप चर्काउन थालेका छन्। किन सत्ता र प्रतिपक्षी दलका सांसदहरुले सरकारलाई प्रश्न गरिरहेका छन् ? के यो प्रश्नको निकाल्न सकिएला ? प्रश्नहरु देखिन्छन् ।
जेनजी आन्दोलनका लागि भदौ २४ गते राष्ट्रिय धरोहरदेखि धेरै कुरा ध्वस्त बने । जेल ब्रेकदेखि धेरै कुरा अघि सरे । सत्ता पलट बन्यो। चुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार बन्यो । तर, सरकारले जेनजी सहीदका परिवारलाई देख्न छाडेको, सहीदलाई न्याय दिने कुरामा ध्यान नदिएको जस्ता आरोप चर्किदै गएका छन् ।
रचना सहीदकी आमा समेत हुन् । उनले संसदमा प्रधानमन्त्री वालेन्द्र शाहलाई सहीद परिवारलाई कहिले भेट्ने भन्दै प्रश्न गरिन् । यता, रास्वपाकै सांसद मधुकुमार चौलागाईंले भदौ २३ गते आयोजना गरिएको कार्यक्रममा विवादास्पद धर्म गुरुहरुको उपस्थितिलाई संसदमै प्रश्न गरेर संसदीय रेकर्डमा दर्ज गराए ।
यी प्रतिनिधि आवाज हुन्। जेनजी आन्दोलनबाटै उदाएका गृहमन्त्री सुधन गुरुङले समेत पुरानो संसद भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पयराना राजणीतिक दलका नेता, केहि पत्रकारलाई सच्चिन धम्की नै दिएका थिए ।
मन्त्री गुरुङले जेनजी आन्दोलनबारेको बखान गर्दै नेपाल अब अघि बढिसकेकोदेखि जेनजी सहीदको विषयमा समेत कुरा राखेका थिए । तर, सहीद परिवारका सदस्यदेखि अन्यले प्रश्न भने गरिरहेका छन् । यस्तै, संसदमा प्रतिपक्षी दलका सांसदहरुले समेत प्रश्न गरिरहेका छन् । यस्तोमा नेकपाले संसदमा जेनजी आन्दोलनबारे छानविन गर्न बनेको आयोगका प्रतिवेदन कार्यान्वयन कहिले हुन्छ भन्दै प्रश्न समेत गरेको छ ।
नेकपालेमात्रै यो सवालमा प्रश्न गरिरहेको भने छैन्। रास्वपाकै सांसद पुरुषोत्तम यादवले समेत प्रतिवेदन कार्यान्वयनमा चासो राखेका छन् । जेनजी आन्दोलनकै बलमा बनेको सरकारले प्रतिवचेदन कार्यान्वयन गर्न इच्छा नदेखाएपछि प्रश्न र आक्रोश भने बढेका छन् ।
शालिक अनावरणमा पनि समस्या
सातदोबाटोमा निर्माण गरिएको जेनजी शहीद पार्कको शालिक अनावरण कार्यक्रम शहीदका आफन्तले रोकिदिएका छन् । शालिकको अनुहार शहीदको अनुहारसँग नमिलेको भन्दै आफन्तहरूले अनावरण गर्न असहमति जनाएपछि उद्घाटनका लागि पुगेका गृहमन्त्री सुदन गुरुङ फर्किए । शहीदका आफन्तले सालिक निर्माणमा लापरबाही गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले आफूहरूलाई कार्यक्रमबारे अन्तिम समयमा मात्रै जानकारी दिइएको र सालिकसमेत चित्तबुझ्दो नबनाइएको आरोप लगाइरहेका छन् । जेनजी आन्दोलनबारेका प्रश्नमा चलिरहेका विभिन्न विषयहरु चर्चा र छलफलमा अघि बढिरहेका छन् ।
भदौ २४ मा अनेक चर्चा
जेनजी आन्दोलनबारेका विषयमा संसदमा समेत अनेक विषयमा छलफल र बहस चलिरहेको छ । प्रतिनिधिसभामा पुराना दलका सांसदहरुले बदौ २४ गतेलाई षडयन्त्र, घुसपैठ जस्ता शब्दले आरोपित गरिरहेका छन भने सत्तारुढ रास्वपाले २३ गतेको परिणाम भनिरहेको छ । यद्यपी भदौ २४ गते छानविन आयोगले समेत छुट्टै अनुसन्धान गर्नुपर्ने भनेकाले यो विषयमाथिको अनुसन्धान भने भएको देखिन्न । यद्यपी भदौ २३ गते केन्द्रित छानविन आयोगको प्रतिवेदन कार्यान्वयनमा समेत सरकारले तदारुकता नदेखाएको भन्दै प्रश्नहरु उठ्न थालेका छन् ।
जेनजी आन्दोलनबाटै उदाएका गृहमन्त्री सुधन गुरुङ, जेनजीको छनोटमा परेका प्रधानमन्त्री वालेन्द्र शाह लगायत रास्वपाले नै यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने गरि संसददेखि सडकसम्मै दबाब सिर्जना भने गर्न थालिएको छ ।


