News 24 Television
धरानमा बिपुल क्षेत्रीको कन्सर्टबीच टीभीएस एनटोर्क १५० सार्वजनिक

धरान । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले धरानमा आयोजित चर्चित गायक बिपुल क्षेत्रीको कन्सर्टका बिच नयाँ 'टीभीएस एनटोर्क १५०' (TVS NTORQ 150) स्कुटर औपचारिक रूपमा सार्वजनिक गरेको छ। संगीतप्रेमी, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर तथा टीभीएसका प्रतिनिधिहरूको उल्लेख्य उपस्थितिबिच नेपालकै पहिलो १५० सीसी 'हाइपर स्पोर्ट्स' स्कुटरका रूपमा यसको अनावरण गायक बिपुल क्षेत्री, पारस अटोमोबाइल इटहरीका प्रबन्ध निर्देशक पौरख लुइँटेल र जगदम्बा मोटर्सकी वरिष्ठ मार्केटिङ प्रबन्धक करुणा पुडासैनीले संयुक्त रूपमा गर्नुभयो।

नयाँ एनटोर्क १५० मा १४९.७ सीसी एयर-कुल्ड इन्जिन रहेको छ, जसले १३.२ पीएस पावर र १४.२ एनएम टर्क उत्पन्न गर्छ। शून्यदेखि ६० किमी/घन्टाको गति ६.३ सेकेन्डमै समात्न सक्ने यो स्कुटरको अधिकतम गति १०४ किमी/घन्टा रहेको छ। एयरोडाइनामिक विङलेट्स, मल्टिपोइन्ट प्रोजेक्ट हेडल्याम्प, जेट-इन्स्पायर्ड भेन्ट्स, नाकेड ह्यान्डलबार र टी-शेप टेलल्याम्प जस्ता विशेषताले यसलाई 'स्टेल्थ एयरक्राफ्ट'बाट प्रेरित आधुनिक र स्पोर्टी लुक दिएका छन्।

प्रविधि र सुरक्षाका दृष्टिले यस स्कुटरमा 'टीभीएस स्मार्टएक्सकनेक्ट' (TVS SmartXonnect™) प्रविधिसहित ५० भन्दा बढी कनेक्टेड फिचरहरू समावेश छन्, जसमा टर्न-बाई-टर्न नेभिगेसन, कल/म्यासेज नोक्सिफिकेसन र राइड मोड्स उपलब्ध छन्। त्यसैगरी राइडरको सुरक्षा र सहजताका लागि सिंगल च्यानल एबीएस, ट्र्याक्सन कन्ट्रोल, ह्याजार्ड ल्याम्प्स र २२ लिटरको अन्डर-सिट स्टोरेज क्षमता दिइएको छ।

सार्वजनिकरणका अवसरमा जगदम्बा मोटर्सकी वरिष्ठ मार्केटिङ प्रबन्धक करुणा पुडासैनीले युवा संस्कृति र संगीतको सहर धरानमा एनटोर्क १५० सार्वजनिक गर्न पाउनु विशेष रहेको बताउनुभयो। धरान टीभीएसका लागि महत्त्वपूर्ण बजार भएको उल्लेख गर्दै उहाँले यो शक्तिशाली र प्रविधियुक्त स्कुटरले देशभरका युवा राइडरहरूको अपेक्षालाई पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो।

नेपालभर रहेका जगदम्बा मोटर्सका आधिकारिक डिलरसिपहरूमा उपलब्ध भइसकेको टीभीएस एनटोर्क १५० को सुरुवाती मूल्य रु. ३,६९,९०० तोकिएको छ। यो स्कुटर 'स्टेल्थ सिल्भर', 'रेसिङ रेड' र 'टर्बो ब्लु' गरी तीन आकर्षक रङहरूमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update