News 24 Television
सरकारविरुद्ध प्रचण्ड रोडम्याप के ? वालेन्द्र गणतन्त्रका फूल कि प्रतिक्रियावादी ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड सरकारविरुद्ध आक्रामक देखिन्छन्। कडा र तिखो टिप्पणी गरिरहेका प्रचण्ड किन गणतन्त्रको सुन्दर फुल भनेका प्रधानमन्त्रीविरुद्ध खनिन थाले ? के प्रचण्डले सत्ता राजनीतिमा नयाँ बाटो अपनाउने कोसिस गरिरहेका छन ? वा सरकारको शैली नै गलत हुँदा उनी आक्रामक देखिएका हुन् ? 

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आक्रामक सुनिने गरेका छन्। भावुकताले आफूलाई कहिलेकाँही प्रभावित पार्ने दाबी गर्ने प्रचण्ड १० वर्षे जनयुद्धको नेतृत्व गरेका नेता पनि हुन्। कोमलता र कठोरता दुबै जानेका प्रचण्डले तत्कालीन समयमा प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएपछि भनेका थिए, उनीहरु गणतन्त्रका सुन्दर फुल हुन्। 

उसोतः प्रचण्डले वालेन्द्र शाहलाई मात्रे नभई त्यो बेला स्वतन्त्र निर्वाचित भएका हर्क साम्पाङ र गोपी हमालसहितलाई जोडेर यस्तो भनेका थिए। अहिले परिस्थिति फेरिएको छ। प्रचण्डले शुरुमा सरकार बन्दादेखि नै खुलेर समर्थन गर्ने गरेको देखिन्न। संसदमा होस वा सडकमा वा सार्वजनिक अभिव्यक्तिको क्रममा नै उनले सरकारविरुद्ध निर्मम पेश हुने गरेका देखिन्छन्। 

प्रचण्डले सरकारविरुद्ध क्रमबद्ध ढंगले दिएका यी अभिव्यक्ति केहि चेतावनी मिश्रित छन त केहि सुझाव पनि छन्। तर, प्रचण्डले सरकारको शैली ठिक नभएको र सहि दिशा नसमातेको विषयमै आफूलाई केन्द्रिकृत गरेका छन्। उसोतः प्रचण्ड आफ्ना गल्ति पनि स्वीकार गर्ने गर्छन्। गएको निर्वाचनको पराजयलाई उनले रोचक ढंगले पेश गरेका थिए। जनताले सवक सिकाएको दाबी गरेका थिए।

प्रचण्ड त्यस्ता पात्र हुन, उनी युटर्न जतिबेला जहाँ पनि हुनसक्छन्। संसदीय राजनीतिमा समेत माहिर प्रचण्डले सरकार पाँचै वर्ष टिक्नेमा शंका व्यक्त गर्दै आलोचना गर्ने गर्छन्। भने निर्वाचनमा भएको पराजयलाई उनले प्रतिक्रियावादीहरुले आफ्नाविरुद्ध अफिम खुवाएको समेत भन्न भ्याएका छन्।

प्रचण्डले अब सडकदेखि सदनसम्म अन्य दलसंग मिलेर संघर्ष गर्ने भनिरहेका छन्। उनले लोकतान्त्रिक र कम्युनिस्ट दलसंगको सहकार्यबाट अघि बढ्ने भनिरहेका छन्। भने सार्वजनिक रुपमा समेत उनले यस्तो अपिल गर्न थालेका छन्। 

सरकारविरुद्धको अभियान किन ?

सत्ता यात्रामा राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतको सरकारपश्वात अन्य दलले सत्ता सम्हाल्ने अवस्था देखिन्न। तर, रास्वपाभित्रको आन्तरिक मतभेद र संसदमा देखिने असन्तुष्टीकै कारण रास्वपाबाट सत्ता लामो समय नजाने र अन्यथा हुने आशंका धेरैले गर्ने गर्छन्। 

यस्तोमा प्रचण्डले पनि नियमित रुपमा यस्तो भाष्य खडा गर्न थालेको आरोप लागिरहेको छ। यतिमात्रै नभई विपक्षी दलहरुले नै मोर्चाबन्दी गरेजसरी सरकारविरुद्धको अभियान नै बन्ने देखिन्छ। यता, जनतामा समेत सामान्य समस्या समाधानमा सरकारले अग्रसरता नलिने र कानूनविपरितका कामहरु अघि बढ्न थालेमा यसले संकट पैदा गर्नेछ। सरकारविरुद्धका षडयन्त्रहरु अघि नबढ्लान भन्न सकिने स्थिति पनि रहनेछैन्।

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  ०९:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update