नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेले गएको निर्वाचनमा राम्रो नतिजा प्राप्त गर्न सकेनन्। यस्तोमा उनीहरु एकखाले जनमत क्राइसिसमा नै देखिन्छन् । जुन क्राइसिसको कारण बनेको छ, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी। रास्वपाले प्रतिनिधिसभाको निर्वाचनमा प्राप्त गरेको जनमत र त्यपसछि सरकारका कामले पनि दुई दल गठबन्धन नगरे अस्थित्वसहित अन्य तनावमा फसिन्छ भन्ने निष्कर्षमा पुगेका छन्। जसकारण उनीहरुबीच गठबन्धनको प्रयास तीब्र बनेको छ ।
प्रचण्डले केहिदिन पहिले मात्रै गोरखामा पुगेर नेकपा एमालेसंग स्थानीय र प्रदेशको चुनावमा गठबन्धन गर्ने निर्णय नै भइसकेको भनेका छन्। तर, एमालेमा केहि समस्या रहेको र मूल नेतृत्व अर्थात केपी ओलीमा समस्या रहेको पनि भनिरहेका छन्। यस्तै, नेकपाकै अर्का नेता वर्षमान पुनले पनि मंसिर ६ गते चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सकेसम्म लेफ्टहरु मिल्नुपर्ने, मिल्न नसके कार्यगत एकताका साथै चुनावी तालमेल गर्नुपर्ने प्रस्ताव नै राखे। उसोतः केहिदिन पहिले वर्षमानले एमालेका केहि नेताहरुले मिल्नुको विकल्प छैन भनेको समेत दाबी गरेका थिए। यसरी हेर्दा दुई दलबीच चुनावी तालमेलको विषय भने पचिलो ढंगले चलिरहेको देखिन्छ ।
पूर्ववत् रुपमा सहकार्य गरेका माधव र शंकरको अभिव्यक्तिले एकता वा सहकार्य होला? शंका उब्जाउने गर्छ। तर, प्रचण्डलाई सुन्यो भने यो सम्भव देखिन्छ। यसका विभिन्न कारणहरु छन्। जसमा शंकर पोखरेल पछिल्लो समय अध्यक्ष केपी ओलीको विश्वासपात्रको रुपमा छैनन भने उनी एकखाले चेपुवामा नै परेका छन्। यता, माधव नेपाल पनि एमाले छाडेर आएकाले एकता गर्नुपर्छ भन्नेमा धेरै विश्वास गरिहाल्ने स्थितिमा छैनन्।
तर, परिस्थिति फेरिएको छ। एमाले अध्यक्ष केपी ओली पक्राउ परिसकेका छन भने उनीमाथि जतिबेला पनि सरकारले एक्सन लिनसक्ने दाबी गरिन्छ। यता, घट्दो जनमत र सरकारी धरपकडकाबीच पनि शक्ति आर्जन ओलीलाई अनिवार्य बन्न पुगेको देखिन्छ भने प्रचण्डको हकमा समेत यस्तै देखिन्छ। प्रचण्ड आफैलाई खास समस्या नदेखिएपनि उनका नातेदारदेखि अन्य खतराको सूचीमा छन्। जसकारण पनि स्थानीय तहको निर्वाचनमा शक्ति आर्जनका खातिर समेत गठबन्धनको सम्भावना बलियो देखिन्छ ।
ओली प्रचण्ड मिलाप होला ?
हेट स्पिचकाबीच तत्कालीन समयमा ओली प्रचण्डले पार्टी एकता गरिसकेका थिए। अहिले पनि उनीहरुले जतिबेला पनि एकल निर्णयको आधारमा एकता गर्न भने सक्छन्। एमालेभित्रको आन्तरिक चुनौती व्यवस्थापनमा केहिहदसम्म सक्षम देखिएका ओलीका निम्ति खतरा अझै टरिसकेको छैन्। एकता भएमा उनी अझैं केहि समय अध्यक्ष वा नेतृत्वमा रहने सम्भावना रहन्छ। पहिलेको जस्तो जल्दोबल्दो एमाले पनि नभएकाले जनशक्ति आर्जनका निम्ति उनीहरु मिल्ने सम्भावना वलियो छ। जसको परीक्षण स्थानीय र प्रदेशको चुनावले गर्ने उनीहरुको तयारी देखिन्छ। पहिले जस्तै एकतालाई जनताले वृहत अनुमोदन गर्छन वा क्राइसिसमा पनि जनसमर्थलाई सम्मानजनक स्थानमा पु¥याउछन भन्नेमा उनीहरुको परीक्षण हुनेछ। यस्तो अवस्थामा जनमत र अन्य किसिमका संकटले घेरिएका नेताहरुले नेकपा र एमालेलाई गठबन्धन हुँदै एकतासम्म पु¥याउने सम्भावना बलियो देखिन्छ ।


