News 24 Television
हिमालयन बुलियनले ल्यायो चाँदी खरिद–बिक्रीका लागि मोबाइल एप

काठमाडौँ । हिमालयन बुलियन कम्पनी लिमिटेडले मोबाइलबाटै चाँदी खरिद, बिक्री तथा लगानी व्यवस्थापन गर्न सकिने ‘एचबीसी सिल्भर’ मोबाइल एप सार्वजनिक गरेको छ। कम्पनीले भौतिक चाँदीमा लगानी गर्ने प्रक्रियालाई सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याएको जनाएको छ ।

एपमार्फत प्रयोगकर्ताले चाँदी खरिद गर्न, आफ्नो लगानीको विवरण हेर्न तथा आफूसँग रहेको चाँदीको वर्तमान बजार मूल्यबारे जानकारी लिन सक्नेछन्। एपमा खाता खोल्ने प्रक्रिया सरल बनाइएको कम्पनीले जनाएको छ ।

पहिलोपटक चाँदी खरिद गर्दा नेपाल राष्ट्र बैंक तथा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रचलित व्यवस्थाअनुसार स्थायी लेखा नम्बर र फोटोसहितको ग्राहक पहिचान विवरण प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रयोगकर्ताले तत्कालको बजार मूल्यमा चाँदी खरिद गरी कनेक्टआईपीएस वा एचबीसीको विद्युतीय खातामार्फत भुक्तानी गर्न सक्नेछन् । कम्पनीका अनुसार खरिद गरिएको चाँदीको पूर्ण भुक्तानी नभएसम्म बिमा गरिएको सुरक्षित भण्डारण कक्षमा राखिनेछ।

आवश्यकताअनुसार पूर्वनिर्धारित समय मिलाएर खरिद गरिएको चाँदी भौतिक रूपमा बुझिलिनसमेत सकिने व्यवस्था गरिएको छ । एपमा चाँदीको परिमाण र बजार मूल्यसहित लगानीको विवरण हेर्न सकिने सुविधा छ। ‘एचबीसी सिल्भर’ एप एन्ड्रोइड र एप्पलका आईफोन प्रयोगकर्ताका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update