बर्दिया । बबई सिचाई आयोजना शुरु भएको चार दशकमा गुलरिया नगरपालिकाका कृषकहरुले सिचाई सुविधा पाउने भएका छन् । अयोजनाले बर्दियाको उत्तरी भागबाट काम शुरु गरे पनि काम शुरु भएको चार दशकपछि गुलरिया केन्द्रित काम पुनः थालिएको हो । अब भने गुलरिया नगरपालिका क्षेत्रमा समेत बबईको पानी पुग्ने आशा जागेको छ ।
तीन दशकपछि बबई नदीको पानी बर्दियाको सदरमुकाम गुलरियामा सिचाई सुविधा पुग्ने भएको छ । बबई सिचाई आयोजनाले गुलरिया नगरपालिका भित्र नहर निर्माणको कामलाई तिव्रता दिएपछि गुलरिया सदरमुकाममा समेत कृषिका लागी सिचाई पुग्ने आशा पलाएको हो ।
३६ हजार हेक्टर जमिनमा सिचाई सुविधा पुरयाउँने उदेश्यले २०२४ सालदेखि अध्ययन शुरु गरिएको बबई सिचाई आयोजनाले २०४५ साल देखि नहर निर्माणको काम शुरु गरेको थियो । अयोजनाले बर्दियाको उत्तरी भागबाट काम शुरु गरे पनि काम शुरु भएको चार दशकपछि गुलरिया केन्द्रित काम थालेको छ ।
गुलरिया नगरपालिका क्षेत्र भित्रका कृषकहरुलाई पानी पुरयाउने उद्देश्यसहित ९ किलोमिटर मुल नहर निर्माणको काम करिव करिव सम्पन्न हुने चरणमा छ भने दोश्रो प्याकेजको काममा सचेत आयोजना लागेको छ । यसअघि बर्दियाको दक्षिण भागमा पानिको अभावका कारण कृषकहरुले कृषि क्षेत्रमा काम गर्न सकेका थिएनन् ।
बबई सिचाई आयोजना गुलरिया नगरपालिका पुग्ने आस गरेर बसेका स्थानीयमा नहर निर्माण भएपछि आफुहरुको खेतबारीमा अन्न उत्पादन बढ्ने बिश्वास जागेको छ ।
बबई सिचाई स्थापना पश्चात आयोजनाले बिगतको दुई दशकसम्म पुर्वि र पश्चिम नहरका रुपमा काम गर्दे आएको थियो । बर्दियाको बासगढी नगरपालिका, ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकामा मुल नहरसहित शाखा नहरको समेत काम सम्पन्न भईसकेको छ ।
गुलरिया नगरपालिकामा नहर निर्माण नहुदा स्थानियलाई समेत समस्या परेको थियो भने स्थानीयले महंगो शुल्क तिरेर बिजुली र जेनेटरबाट कृषी कर्म गर्दै आएका छन् । यसबर्षदेखि गुलरिया नगरपालिकामा काम शुरु गरेर किसानलाई न्याय गरेको कृषकहरुले बताएका छन ।
बबई सिचाई आयोजनाले पुर्वतर्फ ३४ किलोमिटर मुल नहर निर्माण गरेको छ । गुलरिया नगरपालिकामा निर्माण सम्पन्न पश्चात पश्चिम नहर ४१ किलोमिटर गरी कुल ९१ किलोमिटर नहर निर्माणको काम पुरा गर्ने गरि काम शुरु गरिएको र राष्ट्रिय गौरवको आयोजनालाई पुर्णता दिने अभियानमा बबई सिचाई आयोजना लागेको छ ।
आयोजनाले सम्पन्न गर्नुपर्ने काम अन्र्तगत गुुलरिया नगरपालिकामा पहिलो चरणमा ४ किलोमिटर मुल नहर र ९ किलोमिटर शाखा नहर गरी कुल १३ किलोमिटर नहर निर्माणको जिम्मेवारी स्वच्छन्द निर्माण सेवा काठमाडांैले कुल ९४ करोडमा लिएको लिएको थियो । सव कन्ट्याक्टरको रुmपमा बन्दन भगवती बर्दिया ब्ल्याकबक कन्स्ट्रक्सनले लिएको छ ।
जिम्मेवारी पाएको अवस्थामा स्थानीयको साथ सहयोग रहे एक बर्ष भित्रमा काम सम्पन्न गर्ने निर्माण ब्यवसायीको भनाइ छ । बर्दियाको ३६ हजार हेक्टर जमिनमा १२ महिनामै सिचाई सुविधा पुरयाउँने बबई सिचाई आयोजनाको उदेश्य छ ।


