News 24 Television
विमानको ढोकासम्म सी, ट्रम्पको स्वागतमा उड्यो सैन्य विमानः पुटिनको स्वागत कसरी ?

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विमानस्थलमा अमेरिकी एयर फोर्स वानको ढोका मै पुगेर दुर्लभ किसिमको स्वागत गरेका छन्। चिनियाँ प्रोटोकललाई मिचेर ट्रम्पलाई स्वागत गर्न पुगेका सीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भने स्वागत गर्न गएनन्। विमानको ढोकासम्म नै पुगेर स्वागत गर्ने शीर्ष तीन नेताबारे के छन त विगत ?

चीनको सेन्जेनमा एपेक सम्मेलन २०२६ शुरु भएको छ। दुई दिन चल्ने सम्मेलनमा सेन्जेनमा विश्वका शीर्ष नेताहरु सहभागी भइरहेका छन्। यस्तोमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले चीनको विमानस्थलमा चिनियाँ राष्ट्रपति सी जिनपिङबाटै स्वागत प्राप्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पलाई सीले विमानस्थलमा स्वागत मात्रै गरेनन्, चीनले आकासमा सैन्य विमान उडाएर ट्रम्पको स्वागत समेत ग¥यो। यस्तै ट्रम्पलाई विमानस्थलको ढोकासम्म पुगेर स्वागत गरेका सीले सामान्य सम्वाद पनि गरे। तर, सीले अहिलेसम्म यसरी विमानस्थलमा विमानको ढोकासम्म नै पुगेर स्वागत गरेको पहिलो दृश्य भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। उसोतः यसअघि उपराष्ट्रपति हुँदा सीले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई विमानस्थलमा स्वागत गर्नेबाहेक अहिलेसम्म विमानस्थलमा पुगेर कसैलाई पनि स्वागत गरेको देखिन्न । 

पुटिनलाई चीनमा कसले ग¥यो स्वागत ?

रुस र चीनको पछिल्लो समय राम्रो सम्बन्ध छ। उनीहरुले दुई देशको सम्बन्ध विशाल हिमालजस्तै अडिग र चट्टानी भएको र कसैले तोड्न नसक्ने भनेका छन् । तर, पुटिनलाई विमानस्थलमा स्वागत गर्न भने सीले आफ्ना चिफ अफ स्टाफ तथा चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो काई चीले स्वागत गरेका थिए। पुटिनलाई समेत विमानस्थलमा पुगेर स्वागत नगरेका सीले ट्रम्पलाई दिएको सम्मान र स्वागतले दुई देशको सम्बन्धका विषयमा नयाँ आयामहरु थपिने चर्चा चलेको छ । 

ट्रम्पको इतिहास

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत चिनियाँ राष्ट्रपति सी जिनपिङलाई अमेरिका भ्रमणको क्रममा विमानस्थलमै पुगेर स्वागत गरेका थिए। २०२६ को सेप्टेम्बरमा वासिङटन डीसीस्थित विमानस्थलमा पुगेरै स्वागत गरेका थिए । सी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका थिए। उसोतः ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई समेत अलास्कामा भएको भेटमा विमानस्थलमै पुगेर स्वागत गरेका थिए । 

पुटिन के गर्छन ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समेत विमानस्थलमा पुगेर स्वागत गर्ने गरेको पाइन्न। मन्त्रिपरिषद्को सदस्य वा उच्च पदस्थलाई पठाएर विमानस्थलमा स्वागत गर्ने रुसी प्रचलन रहेको छ। यस्तोमा पुटिनलाई पनि चीनमा यो पटक सी जिनपिङका कर्मचारीले स्वागत गरेका हुन् । 

तरङ्ग किन ?

अमेरिकी राष्ट्रपति ट्रम्पलाई सीले विमानस्थलमै पुगेर गरेको स्वागतले विश्वभर तरङ्ग पैदा गरिदिएको छ। अमेरिका र चीन प्रतिष्पर्धी मुलुक हुन भने सीले छिट्टै अमेरिकाको राजकीय भ्रमण गर्ने तयारी छ। यतिमात्रै नभई एनभिडिया विवादसम्बन्धि ट्रम्पले दिइरहेको अभिव्यक्ति र विश्व प्रविधि जगतमा चलिरहेको विषयलाई समेत चीनले नजिकबाट हेरेको देखिन्छ । यतिमात्रै नभई अमेरिकाले इरान युद्धलाई पार लगाउन र युक्रेन युद्धलाई समेत निर्णायक पहलकर्ताको रुपमा उभ्याउने प्रयास गरिरहेको बेला चीनले गरेको स्वागतले अमेरिकी राष्ट्रपति ट्रम्पले नयाँ निर्णयमा समेत तदारुकता देखाउन सक्छन् ।

कुटनीतिक रुपमा सेन्जेनमा तीन आणविक शक्ति सम्पन्न राष्ट्रका शीर्ष नेताहरुको यो भेटले नयाँ सन्देश दिने अपेक्षा गरिएको छ। भने विश्वभर यसले तरङ्ग पैदा गरिदिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update