News 24 Television
शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर न्याय दिने अवसर वालेन्द्रलाई, के भन्छन नेताहरु ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा लगाउनुपर्नेमा जोड दिएका छन्। प्रचण्डले विस्तृत शान्ति सम्झौताको २० वर्ष पुगेको अवसरमा शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्नुपर्नेमा जोड दिएका हुन्। तर, किन शान्ति प्रक्रिया अहिलेसम्म टुंगो लाग्न सकेन भन्ने प्रश्न भने पेचिलो बनेको देखिन्छ ।  

तत्कालीन नेपाली कम्युनिस्ट पार्टी माओवादीले थालेको १० वर्षे जनयुद्ध विस्तृत शान्ति सम्झौताको २० वर्ष पुरा गर्दा समेत पिडितले न्याय पाउने स्थिति नहुनुलाई राजनीतिक उपेक्षाको विषयको रुपमा लिने गरिन्छ। दलहरुले शान्ति प्रक्रियालाई लम्बेतान बनाउदै टुंगोमा पु¥याउने काम नगर्दा द्वन्द्ध पीडितहरुले न्यायको अनुभूति गर्न सकेका छैनन् । यद्यपी माओवादीको नेतृत्व गर्दै १० वर्ष युद्धको नेतृत्व गरेका प्रचण्डले भने शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पु¥याउनुपर्नेमा जोड दिएका छन् । 

उसोतः प्रचण्डले शान्ति प्रक्रिया र संविधानमाथि नै षडयन्त्र हुन सक्ने भन्दै यसतर्फ सचेत बन्नुपर्नेमा जोड दिएका छन्। 

उसोतः नेपालमा विस्तृत शान्ति प्रक्रियाको चर्चा धेरै भएपनि टुंगोमा नपुग्दा न्यायको बाटो भने बन्द भएको देखिन्छ। यस्तै, विस्तृत शान्ति प्रक्रिया भएको २० वर्ष पुगेको अवसरमा आयोजित एक कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुले समेत संविधान, शान्ति प्रक्रिया र यसको राजनीतिक प्रभावबारे बोलेका छन्। शान्ति प्रक्रियाको लामो समयसम्म पनि टुंगोमा नपुग्नुका कारण संकट भने बढिरहेको देखिन्छ।

किन सुल्झिएन शान्ति प्रक्रियाको बाँकी काम ?

नेपालको शान्ति प्रक्रिया विशेष प्रकृतिको छ। न सरकार पक्ष, न विद्रोही पक्ष– कसैले पनि जित हाँसिल गर्न नसक्दा बनेको राजनीतिक सहमति लामो समयसम्म अल्झिएर बसेको छ। तत्कालीन समयमा प्रधानमन्त्री केपी ओली हुँदा लगभग अन्तिम चरणमा पुग्न थालेको शान्ति प्रक्रियाको बाँकी काम अहिले भने लगभग कोमामा नै पुगेको अवस्थामा छ । विस्तृत  शान्ति प्रक्रियाको बाँकी काम टुंगोमा नलाग्दा द्वन्द्ध पीडितहरुले न्याय पाउन सकेका छैनन् । 

लामो समयदेखि न्यायको प्रतिक्षा गर्नुपर्ने स्थितिले समेत यो विषय पेचिलो बन्दै गएको छ। लामो समयसम्म राजनीतिक खिचातानीको चेपमा परेको शान्ति प्रक्रियाको बाँकी काम वालेन्द्र शाह नेतृत्वको सरकारले टुंगो लगाउला ?

प्रतिक्षाको विषय बनेको छ। विद्रोही पक्षकोतर्फबाट प्रचण्ड र अन्य दलहरुबीच देखिएका मतभेदका कारण समेत लामो समयसम्म शान्ति प्रक्रियाले अन्तिम रुप लिन सकेन्। यस्तो अवस्थामा अब अहिलेको सरकारकासामू यो प्रक्रियालाई टुंगोमा पु¥याएर राजनीतिक रुपमा देखिएको समस्मयालाई हल गर्ने र पीडितलाई न्याय दिने अवसर भने देखिन्छ। तर, के यो सहजै प्राप्त होला ? शंका भने देखिन्छ । 

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update