News 24 Television
रौतहटमा मनाइयो ग्लोबल मनी विक

रौतहट । ग्लोबल मनी विक २०२४ को अवसरमा रौतहटको चन्द्रपुरमा बैंक तथा वित्तीय संस्थाहरुले प्रभातफेरीको आयोजना गरेका छन्।

चन्द्रनिगाहपुरमा रहेका विभिन्न बैंकहरुका शाखा, विमा कम्पनीहरु, वित्तीय संस्थाहरुको संयुक्त सहभागितामा भ‌एको सो प्रभातफेरीमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना पनि गरिएको नेपाल एसबिआइ बैंक चन्द्रनिगाहपुरका शाखाका प्रमुख सरोज बस्नेतले जानकारी दिए। 

'आफ्नो पैसाको सुरक्षा भविष्यको सुनिश्चितता'भन्ने नाराका साथ यस वर्षको ‘ग्लोबल मनी विक –२०२४’ मनाइएको र वित्तीय समावेशीकरणको लक्ष्य प्राप्तिका लागि वित्तीय साक्षरतालाई प्रभावकारी बनाउन ग्लोबल मनी विक मनाउने गरिएको प्रबन्धक बस्नेतले बताए ।

ओईसिडीको संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update