रुपन्देही । विश्वासको मत लिने प्रयोजनका साथ लुम्बिनी प्रदेशसभा बैठक आह्वान गरेका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अन्ततः पदबाट राजीनामा दिएका छन् ।
बहुमत जुटाउन असफल भएपछि प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् । उता सुदूरपश्चिम सरकारबाट पनि मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा बुझाएका छन् ।
दुवै प्रदेशबाट राजीनामा आएसँगै सत्तारुढ गठबन्धनलाई नयाँ सरकार गठन गर्ने बाटो खुलेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विहीवार पदबाट राजीनामा दिएका छन् ।
चौधरी गत वर्ष वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
एक महिना अघि केन्द्रमा फेरिएको सत्ता गठबन्धनसंगै नेकपा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएपछि चौधरी अल्पमतमा परेका थिए ।
यस बीचमा बहुमत जुटाउने प्रयास गर्दै उनले बिहीबार विश्वासको मत लिने प्रयोजन सहित प्रदेश सभा बैठक आह्वान गरेका थिए । तर बहुमत जुटाउन असफल भएपछि प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका छन् ।
चौधरीको राजीनामासंगै लुबिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।
गठबन्धनको भागबण्डामा लुम्बिनी सरकारको नेतृत्व पाएको माओवादी केन्द्र नयाँ सरकार बनाउन दलहरूसँग छलफलमा जुटिसकेको छ ।
माओवादी केन्द्र लुम्बिनी संसदीय दलका नेता जोखबहादुर महराले शुक्रबार मुख्यमन्त्रीको रुपमा सपथ लिदैछन्् ।
यसअघि २०७९ साल पुस २७ गते नेकपा एमालेका संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री हुँदा महरा करिब तीन महिना अर्थमन्त्री बनेका थिए ।
माओवादी लुम्बिनी प्रदेश
विश्वासको मतको सामना गर्ने तयारी गरिरहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि राजीनामा दिएका छन् ।
शाहले मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको थियोे । तर विश्वासको मत पाउने सम्भावना नभएपछि बैठकै नबसी उनले राजीनामा बुझाएका छन् ।
काठमाडौँमा रहेका नागरिक उन्मुक्तिका २ र एक स्वतन्त्र सांसद नफर्किएपछि शाहको विश्वासको मत पाउने सम्भावना सकिएको हो ।
सुदूरपश्चिम प्रदेश सभाको सबभन्दा ठूलो दल कांग्रेससँग १८ सांसद छन् ।
प्रदेशसभामा नाउपा ७, राप्रपा १ र स्वतन्त्र सांसद १ लाई मिलाएर मुख्यमन्त्री सरकार जोगाउने प्रयत्नमा थिए ।
