News 24 Television
ई. श्यामकृष्ण श्रवणकुमार स्मृति कप सुचारु

कीर्तिपुर ।  कोरोना महामारीमा ज्यान गुमाएका कीर्तिपुरका दुई होनहार युवाको सम्झनामा कीर्तिपुरमा बर्षेनी हुने ‘ई. श्यामकृष्ण–श्रवणकुमार स्मृति कप’ यो बर्ष यही चैत्रको २५ गतेदेखि चलिरहेको छ ।

बाहिरीगाउँ बेडमिन्टन गु्रपद्धारा आयोजित खेल कीर्तिपुरकै एक सर्वाधिक लोकप्रिय प्रतियोगिता मानिन्छ । 

कीर्तिपुुरमा सिमित रहेको यो प्रतियोगितालाई अब चाँडै देशव्यापी रुपमा लैजाने प्रतियोगिताका संयोजक हरिकृष्ण श्रेष्ठले बताए । 

कीर्तिपुरमा अहिले बेडमिन्टन सबैभन्दा धेरै खेलिने खेलको रुपमा विकास भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update