News 24 Television
एसिसी  प्रिमियर कप : नेपालले पायो ११५ रनको चुनौती

काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा हङ्कङले नेपाललाई जितका लागि एक सय १५ रनको लक्ष्य दिएको छ ।   
    
    ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित १७ दशलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय १४ रनको योगफल बनायो । हङ्कङका लागि अन्स्या रथले सर्वाधिक ३४ रनको योगदान दिए । उनले २६ बलमा चार चौका र एक छक्काको सहयोगमा ३४ रन बनाएका हुन् । 
    
    त्यस्तै जिसन अलिले १४ रन बनाउदा कप्तान निजकात खानले १२ रन बनाए । त्यस्तै इसान खानले ११ रन बनाउँदा त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 
    
    बलिङतर्फ नेपालका अभिनाश बोहोराले तीन विकेट लिए भने ललित राजबंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई/दुई विकेट लिए । त्यस्तै करण केसीले एक विकेट झारे । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । आजको खेलमा हङ्कङलाई हराउनसके नेपाल एक खेलअगावै समूह ‘ए’ बाट प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ । 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update