News 24 Television
इलाम २ उपनिर्वाचन :  काँग्रेसका उम्मेदवार डम्बर खड्काले गरे मतदान 

इलाम । इलाम प्रतिनिधिसभा क्षेत्र नंं २ को उपनिर्वाचनमा काँग्रेसबाट उम्मेदवार बनेको डम्बर खड्काले मतदान गरेका छन् । 

विहान ७ बजे सुरु भएको मतदानमा उम्मेदवार खड्काले ७ बजेर २५ मिनेटमा मतदान गरेका हुन् । अहिले मतदान केन्द्रहरुमा मतदाताहरुको बाक्लो उपस्थीति रहेको छ । 

उम्मेदवारले पनि बिहानै मत खसालेर आफ्नो निर्वाचन क्षेत्र दौडाहामा लाग्न थालेका छन् । काँग्रेसका उम्मेदवार डम्बरबहादुर  खड्काले महेन्द्ररत्न क्याम्पसको मतदान केन्द्र क बाट मत हालेका हुन् । 

khadka-1714186245.jpg
 

यसअघि सोही केन्द्र बाट नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरिसकेका छन् ।इलाम २ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेका छन् ।

७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् ।

आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update