News 24 Television
इलाम २ उपनिर्वाचन  मतगणना अघि सर्वदलीय बैठक

इलाम । इलाम प्रतिनिधिसभा क्षेत्र नंं २ उपनिर्वाचनको मत गन्ने तयारी भइरहेको छ। यसका लागि अहिले सर्वदलीय बैठक बसिरहेको मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले जानकारी दिए ।

 ‘सबै राजनीतिक दल उम्मेदवारसहित सरोकारवालालाई सर्वदलीय बैठकमा बोलाएर अहिले बैठक बसिरहेको उनले बताए । उनका अनुसार ‘बैठक सकिए लगत्तै मतगणना सुरु हुनेछ।’

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा रातिसम्म ल्याइसकिएको छ। 

अब चाडैं नै हलका दुई स्थानमा मत गणना हुने छ। मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर सीसीटीभी जडान गरिएको छ।

ilam-upanirwachan-1714275022.jpg
सर्वदलीय बैठक पनि मतगणनास्थलमै आयोजना गरिएको प्रमुख जिल्ला अधिकारीले यादवले जानकारी दिए। इलाम २ मा शनिबार भएको मतदानमा १ लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६६९ हजार २ सय ८७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो भनेको ५९ दशमलव ७९ प्रतिशत मत खसेको हो। इलाम–२ मा १२ राजनीतिक दल र ७ स्वतन्त्र गरी जम्मा १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

उक्त क्षेत्रमा नेकपा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update