News 24 Television
गुरु पद्मसम्भवको जीवनी नाटकमा मञ्चन गरिँदै

काठमाडौं । यही आउँदो सोमवार गुरु पद्मसम्भव (गुरु रिन्पोचे)को जीवनीलाई संक्षिप्तरुपमा नाटकमार्फत प्रस्तुत गरिने भएको छ । 

काठमाडौंको रामहिटी, बौटस्थित रामनगर पार्टी प्यालेसमा नाटक मञ्चन हुँदैछ । खेम्पो पेम छिरी शेर्पाको परिकल्पनामा तयार भएको नाटकको सम्पुर्ण तयारी पुरा भइसकेको छ । नाटकलाई जेडी तमुले निर्देशन गरेका छन् भने लेखन कर्मा वाङ्चु शेर्पाको रहेको छ । 

नाटकलाई छम्बा गुम्बा तथा यार्जाङ गुम्बा व्यवस्थापन समितिले प्रस्तुत गर्दैछ । नाटक दिउँसो १२ बजेदेखि सुरु हुनेछ । गुरु पद्मसम्भवको जीवनी र उहाँले सम्पुर्ण प्राणी जगतलाई पुर्याउनु भएको योगदानको बारेमा जानकारी दिन नाटक मञ्चन गर्न लागिएको खेम्पो पेम छिरी शेर्पाले बताए । 

नाटक मञ्चनसँगै १८औँ दश करोड वज्र गुरु मन्त्र जप तथा विश्व शान्ति पूजाको बारेमा पनि जानकारी दिने कार्यतालिका रहेको छ । 

१८औँ दश करोड वज्र गुरु मन्त्र जप तथा विश्व शान्ती पूजा चैत १७ देखि २६ सम्म दोलखामा हुँदैछ ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update