News 24 Television
माओवादीले समर्थन फिर्ता लिएसँगै मधेशका मुख्यमन्त्री अल्पमतमा

काठमाडौँ । मधेस सरकारबाट नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएको छ । मधेस सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा बुझाएपछि सरकारबाट समर्थनसमेत  फिर्ता लिएको हो । 

माओवादी केन्द्रले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै मधेस सरकार अल्पमतमा परेको छ । प्रदेशका १ सय ७ प्रदेस सभा सदस्यहरुमध्ये मधेस सरकार बनाउन ५४ प्रदेस सभा सदस्यको समर्थन आवश्यक हुन्छ । पछिल्लोपटक ६१ प्रदेस सभा सदस्यहरुको विश्वासको मत पाएका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै प्रदेस सरकार अल्पमतमा परेको हो । प्रदेस सभामा माओवादी केन्द्रका ९ प्रदेस सभा सदस्य रहेका छन् । 

यसअघि आईतवारै माओवादीका मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका थिए । साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले सम्हाल्न स्वीकार गरेका थिएनन् भने भट्टराई भने उद्योग तथा पर्यटनमन्त्री थिए ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update