News 24 Television
बेल्जियमको साकेलामा सांसद र मेयरले कम्मर-मर्काइ मर्काइ नाँचे

काजाब्लांका क्यासेल्लो । किरात राई समुदायको महान चाड साकेला उभौली  काजाब्लांका पार्क क्यासेल्लोमा भब्य रूपमा सम्पन्न भएको छ ।

किरात राई सोसाईटी बेल्जियमको आयोजनामा साके7-1717388000.jpg
ला उभौली किरात येले सम्बत ५०८४ को सुखद अबसरमा किरात पितृपूजा सहित सामुहिक साकेला सिली नाचेर सो चाड मनाइएको हो ।

कार्यक्रमको उदघाटन प्रमुख अतिथी बेनेलक्स र यूरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारीले गरेका थिए । 

राजदूत राजभण्डारीले परदेशमा पनि आफ्नो कला–सस्कृति, सस्कार र भेषभूषालाई जिवन्त बनाउदै विदेशीहरूको सामु पस्कने कार्य नेपालकै लागि गौरबको कुरा रहेको बताएका थिए । 

कार्यक्रममा बिशिष्ट अतिथी बेल्जियमको प्रतिनिधि सभाका सांसद कारिन ब्रौवेर्स व्लान्डरणले यो ठाउमा पनि नेपालको राई समुदायको साकेला हेर्न र नाच्न पाउदा खुशी लागेको बताए । 

अर्का बिशेष अतिथी लुभेन महानगरपालिकाका उपमेयर  दिर्क भेन्सिनाले यो महानगर बिभिधताले भरिएको र एक सय ६० भन्दा बढी राष्ट्रका मानिसहारू बसोबास गरिरहेका लुभेन नगरमा नेपाली राई सस्कृतिमा रमाउन पाउदा हर्षित रहेको बताए । 3-1717388021.jpg
साकेला फेस्टिवलमा बेल्जियमको दोश्रो ठूलो राष्ट्रीय राजनैतिक दल सिडीएण्डभीका युबा उपाध्यक्ष रुबेन गेलेन्स, लुभेन महानगरपालिका डाईभरसिटी बिशेषज्ञ आन एन्ग्लान, पोलेसी सल्लाहकार  यासिन एलात्तर , आईफई डाईरेक्टर  मिगायल अन्जेल लगायत बिशिष्ट अतिथीको उपस्थिति रहेको र साकेला नृत्य समेत गरेका  थिए । 
 
कार्यक्रममा गैर आबासीय नेपाली संघ अध्यक्ष सिता सापकोटा , नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमका कार्यबाहक अध्यक्ष मुना राई , बिश्व मगर संघ अध्यक्ष लोक राना , किरात याक्थुम चुम्लुंग अध्यक्ष बदन योंगहांग , शेर्पा समाजका अध्यक्ष पेम्बा शेर्पा , तमु समाज अध्यक्ष होम गुरुङ , तामांग समाज अध्यक्ष राम लामा , थकाली सेवा समिति प्रतिनिधि श्रीआनन्द शेरचन , तमुधी अध्यक्ष संगीता गुरुङ , एनआरएन ग्लोबल बेल्जियम अध्यक्ष पद्म गुरुङ ,क्षेत्री समाजका यसोदा थापा, पाशापुच प्रतिनिधि देबु श्रेष्ठले साकेलाको व्यक्त गरे । 

साकेला २०२४ बेल्जियम कार्यक्रममा एनआरएनए पूर्ब केन्द्रीय उपाधक्ष अर्जुन कुमार श्रेष्ठ, जनसम्पर्क समिति यूरोप महामन्त्री गंगाधर गौतम ,बेल्जियम महामन्त्री  गोबिन्द सिह अधिकारी, संघीय समाजबादी बेल्जियम अध्यक्ष  नेत्र मगर ,प्रबासी मंच बेल्जियम निबर्तमान अध्यक्ष चन्द्र कुमारी गुरुङ ईशा, उपसचिव जनक सुबेदी, जनप्रगतिशील मंच उपाध्यक्ष मनिष तमु , राप्रपा बेल्जियम अध्यक्ष अनिल थापा, राष्ट्रीय स्वतन्त्र पार्टी बेल्जीयम सल्लाहकार डिल्लीराम भण्डारी थिए । 

meyar-2-1717388042.jpg
त्यसैगरी  एन नेपाल ब्यबशायी संघ बेल्जियम अध्यक्ष चिरन कुमार खवास , नेबाब फुड फेष्टिभल संयोजक तथा युबा समाजसेवी काशी दनाई, पर्बत समाज अध्यक्ष नन्दा कुमारी गुरुङ, कास्की समाज अध्यक्ष जिबन तमु,  एनारएन बेल्जियम, नेपाल टेलिकम सहनिर्देशकद्य नबराज खतिवडा, बरुण घिमिरे, क्याट बेल्जियम अध्यक्ष इश्वरी कंडेल, यूरो नेपाल कलाकार संघ बेल्जियम बरिष्ठ उपाध्यक्ष गडुलध्वज गुरुङ, एन आर एन बेल्जियम महासचिब रुबिना शर्मा, लुम्बिनी कपिलबस्तु अभियान प्रतिनिधि रश्मि निरौला ,बाग्लुंग समाज अध्यक्ष मोहन गौतम ,सांग्रिला समाज अध्यक्ष  नारायण अधिकारी,सिक्लेस पार्च्रे कल्याण कोष अध्यक्ष ओम प्रशाद तमु ,पूर्वेली समाज लुभेन सयोजक तथा एनआरएन बेल्जियम उपाध्यक्ष लोकेन्द्र नेपाल , मादल इन्टरतेंमेंट सयोजक अजित तुलाचन, नेफिन बेल्जियम सलाहकार अनिता लामा लगायत विभिन्न संघ सस्थाको उपस्थिति रहेको थियो । 

आफ्नो मौलिक पोशाक र  गरगहनाले सजिएका किरात राई बाल-बच्चा, युबा–युवती ,बयष्कहरूको साकेला सिली  र ढोल झ्याम्टाले क्यासेल्लो पार्क गुन्जायमान भएको थियो भने सम्पूर्ण बिदेशी–नेपाली पाहुनाहरूले सिली टिप्दा झनै साकेला रौनक बनेको थियो ।

meyar-1717388062.jpg
 
तिन सय ५० बढी सहभागी कार्यक्रम समाजका अग्रजहरू धन कुमार बान्तवा, देव राई, मालती राई, श्रेया राई, भबिन्द्र राई, मोनी  कुलुंङ लगायतले सुम्निमा-पारुहांग पित्रु, भूमि र प्रकृति,पूजा गर्दै बालीनाली चरा चुरुंगी, जलचर स्थलचर जिबजन्तु बारे भाकल गर्दै आशिर्बाद मागेका थिए ।

ब्यबस्थापन र अतिथी सत्कार तर्फ सोसाईटी उपाध्यक्ष सरु चाम्लिङ , तारा राई थुलुङ, रेनुका राई, राजेन राई, गोपाल साम्पांङ, आर्टेन नाछिरिंङ, सोनिया राई, इकु राई, दिब्यानी खालिंग, अनिता लामा राई , सुनिल राई , सुबास चाम्लिङ्, रोशन राई, मयुमा राई, लिना राई, पुनम चाम्लिङ, द्रिष्ना राई  लगायतले गरेका थिए ।

कार्यक्रममा बेल्जियमको प्रतिनिधि सभाका सांसद कारिन ब्रौवेर्स व्लान्डरणसहित बिशिष्ट अतिथीहरूले सयुक्त रूपमा देब राई, सरू राई , धन कुमार बान्तावा,मुना राई, ऋषि धन राई– जर्मनी,पासुंग डिल्ली राई (जर्मनी  नेपाल पत्रकार महासंघ युरोप अध्यक्ष केजिन राई, एनआरएन जर्मनी अध्यक्ष निन्नामा राईलाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।

meyar-4-1717388085.jpg

सोसाईटीका महासचिब सबनम राईले डच र नेपालीमा संचालन र साकेलाबारे चर्चा गरेको उदघाटन कार्यक्रममा अतिथिहरूलाई  मुना राईले स्वागत गर्नु भएको थियो भने सोसाईटीका अध्यक्ष इन्दिरा चाम्लिङले सभापतित्व गरेका थिए । 

अध्यक्षले पूजा र चाड भएकाले उपस्थिती खानपिन सबै निऱ्शुल्क गरिएको र  साकेला चाड बारे चर्चा गरेका थिए । 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update