काठमाडौं । नेपाल प्रिमियर लिग सुरु हुन ४० दिन बाँकी छ । फ्रेन्जाइज टोलीहरु खेलाडी अनुबन्धमा होमिएका छन् । चर्चित विदेशी खेलाडी अनुबन्ध गर्न आठ वटै टोली लागि परेका हुन् । केहि टोली विश्व चर्चित क्रिकेटर अनुबन्ध गरेर चर्चा बटुलिरहेका छन् । तेस्रो सिजनका लागि अहिलेसम्मकै ठुलो नामका रुपमा अष्टे«लियन डेविड वार्नर काठमाडौँ गोखार्ज भित्रिएका छन् । उनका आगमनले रोमाञ्चकता बढको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल)ले दर्शकको ध्यान खिच्दै, विश्वस्टार खेलाडीको अनुबन्धले चासो र चर्चा बढ्यो । हो, दर्शकबृन्द नेपाली क्रिकेटकै सफल र विश्व चर्चित फ्रेन्जाइज प्रतियोगिता एनपीएल रौनक सुरु भएको छ । तेस्रो संस्करणको प्रतियोगिता आगामी कार्तिक ९ देखि सुरु भएर मंसिर ५ मा सकिने भएपनि खेलाडी अनुबन्धले अहिलेदेखि नै माहोल गर्माएको हो । आठ फ्रेन्जाइच टोली विश्वस्टार खेलाडी भित्राउने होडबाजीमा छन् ।
अहिलेसम्म काठमाडौँ गोर्खाज, पोखरा एभेन्जर्स र चिवतन राइनोजले नाम चलेका नामुद खेलाडी अनुबन्ध गरेका छन् । आउनुहोस् ती विश्वस्टार खेलाडी को हुन् ? जान्ने प्रयास गरौँ ।
१. डेविड वार्नर, काठमाडौँ गोखार्ज
काठमाडौँ गोखार्जले तेस्रो सस्करणको एनपीएलमा अहिलेसम्मकै ठुला स्टारका रुपमा अस्ट्रेलियाका विश्वप्रसिद्ध पूर्व ओपनर ब्याटर डेभिड वार्नर अनुबन्ध गर्न सफल भयो । उनको अनुबन्धले नेपाली क्रिकेटको विकास र विस्तार ठुलो टेवा पुग्ने पक्का छ । टियु मैदानमा उनको प्रहार गर्ने छक्का र चौका हेर्न नेपाली समर्थक आतुर छन् । उनीसँगै खेल्दै नेपाली क्रिकेटहरु आफ्नो क्षमता परख गर्न र अनुभव बटुल्न चाहन्छन् ।
को हुन् वार्नर ?
बाँयाहाते विश्वप्रसिद्ध व्याट्म्यान वार्नर अष्टे«लियाका लेजेण्ड खेलाडी मध्येका एक हुन् । अष्टे«लियाको राष्ट्रिय टोलीबाट चार आईसीसी विश्वकप ट्रफिको मेडल उनीसंग छन् । त्यति मात्रै होइन् उनी यस्ता खेलाडी हुन्, आफ्नै कप्तानीमा विश्वकै सफल फ्रेन्जाइज क्रिकेट लिग आइपीलमा सनराइजर्स हैदराबादको कप्तानी गरेर सन् २०१६ को ट्रफी जिताउने सफल खेलाडी हुन् । ३९ बर्षीय यी दिग्गज खेलाडीको नेपाल प्रवेशले क्रिकेटको माहोल बन्ने देखिन्छ ।
अन्तर्राष्ट्रिय र फ्रेन्जाइज लिगको प्रदर्शन कस्तो ?
वार्नरले विश्वभरीका फ्रेन्जाइज लिग खेलेका छन् । राष्ट्रिय टोलीमा रहँदा उनले टेस्टमा ११२ खेल २६ शतक, ३७ अर्धशतक प्रहार गर्दै मा ८७८६ रन बनाएका छन् । उनले एकै खेलमा सर्वाधिक ३३५ रनको नटआउट पारी खेलेको इतिहास छ ।
एकदिवसीयमा १६१ खेलमा २२ शतक र ३३ अर्धशतकका साथ ६९३२ रन बनाएका छन् । टि–२० मा ११० खेलमा एक शतक र २८ अर्धशतक प्रहार गर्दै ३२७७ रन बनाएको नतिजा छ । उनले अन्तर्राष्ट्रिय करियर सन् २००९ सुरु गरेर सन् २०२४ मा सन्यास लिए । फेन्जाइज लिगमा आइपीएलका पनि सर्वाधिक सफल खेलाडी मध्येका एक हुन्, वार्नर । उनले आईपीएलमा १८४ खेलमा ४ शतक र ६२ अर्धशतक प्रहार गर्दै ६५६५ रन बनाएका छन् । उनले आइपीएलमा १२६ रनको शतकीय इतिङ खेलेको उच्च नतिजा छ । यी धुरन्धर खेलाडीको अनुबन्धले काठमाडौँ गोखार्ज यसपटक ट्रफी उचाल्न सक्ने अनुमान गर्न सकिन्छ ।
२. शाकिब अल हसन, पोखरा एभेन्जसर््
विश्वक क्रिकेटकै सफल अलराउन्डर मध्येका एक शाकिब अल हसनलाई पोखरा एभेन्जर्सले अनुबन्ध गरेको छ । उनी एनपीएल खेल्ने अर्का ठुलो नाम हुन् । बंगलादेशका शाकिबले टियु मैदानमा बल, ब्याट र फिल्डिङ मार्फत नेपाली दर्शकलाई मन्त्रमुग्ध पार्न सक्छन् । उनी केबल क्रिकेटर मात्रै होइनन्, सन् २०२४ मा बंगलादेशको अवामी लिगबाट सांसदमा समेत निर्वाचित हुन सफल भएका थिए ।
को हुन् शाकिब ?
बाँयाहाते ब्याटर तथा बलर बंगलादेशका पूर्वकप्तान तथा लेजेण्ड खेलाडी मध्येका एक हुन्, शाकिब अल हसन । मेजर आईसीसी ट्रफी जित्न नसकेपनि व्यक्तिगत रुपमा उनले विश्व क्रिकेटमा बलिङ र ब्याटिङ मार्फत् पहिचान र रकेर्ड कायम गरेका छन् । ४० बर्षीय शाकिब विश्वभरीको ३० भन्दा बढि फ्रेन्जाइज लिग खेल्न सफल छन् । शाकिबले बंगलादेशको राष्ट्रिय टोलीबाट टि–२० मा १२९ खेलमा १३ अर्शशतक प्रहार गर्दै २५५१ रन बनाउँदा १४९ विकेट लिएका छन् ।
एकदिवसीयमा २४७ खेलमा ९ शतक ५६ अर्धशतकका साथ ७५७० रन र ३१७ विकेट लिन सफल छन् । टेस्ट क्रिकेटमा उनले ७१ खेल खेल्दा ५ शतक र ३१ अर्धशतक प्रहार गर्दा ४६०९ रनको नतिजा छ । यी अनुभवी र परिपक्व अलराउन्डरबो बलमा पोखरा च्याम्पियन बन्ने दाउमा छ ।
३. सिकन्दर राजा, चितवन राइनोज
आधुनिक विश्व क्रिकेटका चर्चित र प्रभावशाली अलराउन्डर मध्येका एक हुन्, सिकन्दर राजा । अनुभवी अलराउन्डरलाई चितवन राइनोजले अनुबन्ध गर्न सफल भयो । उनी पनि एनपीएल खेल्ने ठुला स्टार हुन् । उनी जिम्बाबेका भएपनि उनको कथा भने फरक छ ।
पाकिस्तानको सियालकोटमा जन्मिएका राजा पाइलट र सफ्टवेयर इन्जिनियरिङको अध्ययन पूरा गरेपछि जिम्बाबे बसाइँ सरेर त्यहाँको राष्ट्रिय टोलीको खम्बा बनेका हुन् । हाल उनले जिम्बाबेको टी–२० अन्तर्राष्ट्रिय टोलीका कप्तानी सम्हालिरहेका छन् । उनी आक्रमक खेल पस्किन माहिर छन् ।
अन्तर्राष्ट्रिय र फ्रेन्जाइज प्रदर्शन कस्तो ?
ब्याटिङ अलराउन्डर सिकन्दरले जिम्बाबेको राष्ट्रिय टोलीबाट टि–२० मा १४४ खेलमा एक शतक र १७ अर्धशतक प्रहार गर्दै ३२४४ रन बनाउँदा ११४ विककेट लिएका छन् । एकदिवसीयमा १५७ खेलमा ७ शतक र २५ अर्धशतकका साथ ४५७८ रन बनाउँदा ९६ विकेट लिन सफल भएका छन् । २२ टेस्टमा १४३४ रन बनाउँदा ४० विकेटको नतिजा छ । पन्जाब किङ्स ११ बाट इन्डियन प्रिमियर लिग आईपीएल समेत खेलेका छन् ।
विश्व क्रिकेटको अनुभव बटुलेका राजाको बलिङ र ब्याटिङ हेर्न नेपाली समर्थक आतुर छन् । चितवन उनकै बलमा च्याम्पियन बन्न चाहान्छ ।
यी तीन जना खेलाडी एनपीएल सिजन–३ मा अहिलेसम्म अनुबन्ध भएका ठुला तीन नाम हुन् । यीनका अलवा काठमाडौँ गोर्खाजले केएस भारत र श्रीलंकाका सहानलाई अनबन्ध गरेर विदेशी कोटा बलियो बनाएको छ । एनपीएल नजिकिएसंगै फ्रेन्जाइज टोलीहरु विश्व क्रिकेटका ठुला स्टार अनुबन्ध गर्ने होडबाजीमा छन् ।
रोजक कुरा के छ भने तेस्रो संस्करण सुरु हुन अगावै क्यानले ३३ करोड ५३ कमाइसकेको छ । वार्नर, शाकिब र सिकन्दरको अनुबन्धले चर्चा–परिचर्चा हुँदा अन्य ठुला नाम पनि एनपीएल खेल्ने सम्भावना नबल्ला भन्न सकिन्न ।


