News 24 Television
इजरायली राजदूत पुगे विपिन जोशीको घरमा

कञ्चनपुर । इजरायली राजदूत हानान गोडर विपिन जोशीका घर पुगेका छन् । 

हमासले इजरायलमाथि आक्रमण गर्दा हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारसँग भेटवार्ता र सान्त्वना दिन राजदूत गोडर जोशीको घर पुगेका हुन । जोशी नियन्त्रणमा परेको झण्डै ८ महिना भइसकेको छ । 

जोशीको घर पुगेका इजरायली राजदूतले उद्धारका लागि आश्वासन दिएका छन् । अपहरणको घटना दुखद भएको भन्दै उद्धारका लागि इजरायली सरकारले पहल गरिरहेको राजदुत गोडरको भनाइ छ । 

राजदूत गोडरसँगै नेगिव कलेज इजरायलका अध्यक्ष हैन सेक्ड विपिन जोशीको घर पुगेका थिए । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल गएका थिए । सोही विद्यार्थीको समूहबाट जोशी हमासको नियन्त्रणमा पुगेका हुन् । 

 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update