News 24 Television
गण्डकीको नीति तथा कार्यक्रममा उत्साह नभएको एमालेको आरोप

पोखरा । मंगलवारको प्रदेशसभा बैठकमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी आर्थिक वर्ष २०८१\०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । 

कार्यक्रममा यसअघिभन्दा फरक ‘जनतासँग प्रदेशसभा कार्यक्रम’ समावेश छ । यसबाहेक आगामी वर्षलाई पनि अधिकांस पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

मंगलवा प्रस्तुत गण्डकी प्रदेशको आगामी वर्षको नीति तथा कार्यक्रममा प्रदेशसभा भवन निर्माण गर्ने, प्रदेश प्रशासनिक केन्द्र र कर्मचारी आवास केन्द्र बनाउन अध्ययन प्रतिवेदन बनाउने नीति तथा योजनामा उल्लेख छ । 

झोलुङ्गे पुल निर्माण र मर्मत–सम्भारलाई प्राथमिकता दिने प्रदेश सरकारको नीति छ । पोखरामा बहुतल्ले पार्किङ भवन बनाउन प्रोत्साहन गर्ने प्रदेश सरकारले घोषणा गरेको छ । 

अन्तरदेशीय नाका र अन्तरप्रदेश नाकामा पूर्वाधार निर्माण गरेर सुरक्षा व्यवस्था कडा पार्ने नीति पनि सरकारले लिएको छ । 

नीति तथा कार्यक्रम सार्वजनिक भइसकेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदिय दलका नेता खगराज अधिकारीले प्रतिक्रिया दिएका छन् । 

उनले नीति तथा कार्यक्रममा कुनै गन्तव्य, दिशा र उत्साह नभएको आरोप लगाए । १९१ बुंदे नीति तथा कार्यक्रमलाई आधार मानेर आगामी असार १ गते अर्थमन्त्री डा. टकराज गुरुङले संसदमा बजेट प्रस्तुत गर्दैछन् । 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update