News 24 Television
मौद्रिक नीति कसिलो कि लचिलो ? 

काठमाडौं । अर्थतन्त्र चलायमान नभएको भन्दै उद्यमी तथा ब्यवसायीहरुले लचिलो मौद्रिक नीति ल्याउन राष्ट्र वैकका गभर्नर समक्ष आग्रह गरिरहेका छन् । राष्ट्र बैकले मौद्रीक नीतिको अन्तिम तयारी गरिरहेकावेला उद्यमी ब्यवसायीहरुले साना तथा मझौला ब्यवसायलाई चलायमान बनाउने खालको नीति ल्याउन राष्ट्र बैंकलाई सुझाइरहेका छन् ।

तर राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले भने कस्तो खालको मौद्रीक नीति बन्छ भनेर हतार गर्न नहुने बताएका छन् । मौद्रिक नीति लचिलो ल्याउन भन्दै उद्योग ब्यवसायीहरुले राष्ट्र बैंकलाई सुझाएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघले मौद्रीक नितीको विषयमा आयोजना गरेको कार्यक्रममा राष्ट्र र्बैकका गभर्नर महाप्रसाद अधिकारीले भने मौद्रिक नीति कस्तो आउने भनेर हतार गर्न नहुने बताएका छन् । 

र्माैद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने संकेत गदै साना तथा मर्झाैला उद्यम ब्यवसायलाई प्रोत्साहन गर्ने खालको नीति आउने उनले विश्वास दिलाएका छन् । उद्यमी ब्यवसायीहरुलाई चालु पूँजी निर्देशिकामा भ्रम र अन्र्यौलमा नपर्न आग्रह गर्दै गभर्नर अधिकारीले चालुपूँजीमा १ करोड सम्म मार्गदर्शन लागु नहुने अधिकारीले बताए । ५ करोडसम्मको कर्जा लिँदा ४ करोड ट्रम र १ करोडसम्म चालु पूँजी लिन सकिने उनको भनाई छ ।

स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग र साना व्यवसायलाई आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम लिने व्यवस्था रहेको पनि उनले स्पष्ट गरेका छन् । 

अर्थतन्त्रको असर बैक तथा वित्तीय संस्थाहरुमा परेको हुदाँ वित्तीय क्षेत्रमा दवाव रहेको बैंकर्सहरुले बताएका छन् भने उद्योगीहरुले लगानीकर्ताहरुको विश्वास बढाउने खालको वातावरण आवश्यक भएको सुझाएका छन् ।  

अर्थतन्त्र लयमा चल्न नसकेको भन्दै उद्यमी ब्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा एकरुपता नभएको गुनासो गरेका छन् । 

नेपाल राष्ट्र बैंकले भने आगामी मौद्रिक नीति कसिलो हुने कि लचिलो भन्न विषयमा हतार नगर्न आग्रह गदै अहिले अर्थतन्त्रको सबै अवस्थालाई अध्ययन गरेर मात्र मौद्रीक निती ल्याउनु पर्ने अवस्था छ । 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update