
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानप्रतिको इमान्दारितामा प्रश्न नगर्न अपिल गरेका छन् । देउवाले संविधान कार्यान्वयनदेखि प्रदेश संरचनाबारे खुलेरै बहस गरेका छन । अहिलेको सत्ता गठबन्धनको प्रतिरक्षामा उत्रिएका देउवाले प्रजातन्त्रप्रतिको बफादारिताबारे के भने त ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मनमा लागेको बिलोहाल्ने नेतामा पर्छन् । कांग्रेस एमाले सत्ता सहकार्यमा व्यापारीको हात रहेको निर्धक्क बोलेका देउवाले अहिले प्रदेश संरचना हटाउन सम्भज नरहेको बन्दै त्यसलाई सुदृढ पार्नुपर्नेमा जोड दिए ।
प्रदेश संरचनाबारे बोलेका देउवाले संविधान संशोधन गर्दा समानुपातिकतालाई कुनै प्रभाव पर्न नदिने विषयमा समेत प्रतिवद्धता व्यक्त गरे । तर, समानुपातिकतर्फ प्रश्न उठेको भने जिकिर लिएका छन् ।
संविधान र प्रजातन्त्रको विकल्प नरहेको जिकिर गरिरहेका देउवाले सत्ता सहयात्री दल र सरकारको नेतृत्वकर्ता केपी ओलीप्रति शंका नगर्न समेत अपिल गरे ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धोका दिएको ठानेका देउवाले पछिल्लो समय ओलीमाथि गरेको विश्वास र दिने अभिव्यक्तिले उनी गठबन्धनप्रति इमान्दार रहेको संकेत भने गरिरहेको छ ।
देउवा–ओलीको विगत
२०७४ को चुनावमा वाम गठबन्धनबाट नराम्ररी पराजित कांग्रेस प्रतिपक्षमा थियो । तत्कालीन नेकपाको विवाद र पार्टी विभाजनपछिको स्थितिमा देउवाले पनि प्रचण्ड नेतृत्वको तत्कालीन नेकपालाई समर्थन गर्दै प्रतिनिधिसभा विघटनको विरोध गरे ।
ओलीले संसद विघटन गरेपछि एकाएक सत्ता नेतृत्वमा पुगेका देउवाले प्रतिगमन सच्चिएको र ओलीको कब्जाबाट देशलाई बचाउन सफल भएको अभिव्यक्ति दिएकै कारण ओली–देउवाबीचको सम्बन्ध खास राम्रो थिएन् । तर, प्रचण्डले सत्ता नेतृत्वमा उछलकुद गर्न थालेपछि विच्किएका देउवा–ओलीले पछिल्लो समय सहकार्य गरेपछि उनीहरु फेरि नयाँ शीराबाट अघि बढ्न खोजेका छन् ।