News 24 Television
विस्तारवादी होइनन्, राष्ट्रिय एकताका प्रतिक हुन् पृथ्वीनारायण

गोरखाका राजा नरभुपाल शाहका चार रानीहरु थिए । जेठी रानी चन्द्रप्रभावती थिइन । उनीबाट सन्तान थिएन । माहिली रानी कौशल्यावतिबाट पृथ्वीनारायण शाह जन्मिएका हुन । 

उनको पुस्तामा १५औँ पुस्ता माथि जैन खान देखिएका छन् । यिनलाई जैतखान अजयसिंह पनि भनेका छन । उनका बाबु भूपाल राना राय हुन । कोही विद्धानले जैनखान नै भुपालराना हुन । इतिहास अलि बाँझिएको छ । 

नेपाली समाजमा कुनै पनि राजा हुनको लागि क्षत्रिय धर्मपालक हुनुपर्ने व्यवस्था थियो । यसको पनि आ—आफ्नौ नीतिहरु छन् । फलस्वरुप उनी र उनका पूर्वजहरु क्षत्रिय धर्मपालक क्षत्रिय थिए । पछि संस्कृति शव्दको अर्थ ठाक्करबाट नै ठाकुर हुँदै ठकुरी भएका हुन् । उनका पूर्वज ठकुरीहरुले ठकुराइ गरेको क्षेत्रमा मगरबस्ती थिए । 

उनले मगरातको राजा हुँ भनेका हुन् । तात्कालिन समयमा छिमेकी राज्य तथा उनका भाई भारद्धार लिएर वा शक्तिशाली राज्यको रजौटामा क्षमतावान, क्षत्रिय धर्मपालक, कुशुलनीतिज्ञ भएको व्यक्ती नै राजा हुन्थ्यो । 

यसको इतिहास काठमाडौंको इतिहास अध्ययन गर्दा प्रष्ट हुन्छ ।  इतिहासविद दिनेशराज पन्तको गोरखाको इतहिास भाग एक, दुई, तिनका ताम्रपत्र र डा. राजाराम सुवेदीको कास्कीको इतिहासले शाहवंशज र राजाको नाम प्रष्ट पार्दछ । 

कर्कप्रेटिकको इतिहासलाई विश्लेषण गर्दै हेमिल्टनले  नेपालको शाह वंशजको इतिहासमा उनका सहयोगी साधुराम र पाल्पाली सेन राजाका भैयाद सम्मरबहादुरको भनाईमा शाहवंशज पामरवंशी, चित्तौरगढका भनेका छन् । यिनको पुर्वजको इतिहासमा इण्डिया इतिहासको महाराणा जवानसिंहमा रावल समरसिंहका कनिष्ठ पुत्र कुम्भर्कर्ण रायका १६ औ पुस्ता भुपाल राना थिए । 

उनको छोरा खान्चाखान (हरिहर सिंह) र मिन्चाखान (अजित सिंह) खान थिए । यो वंशावलि प्राचिन इतिहासमा र मेवाडको उदयपुर राज्यको इतिहासमा पनि यही नै लेखिएको छ । भूपाल रानालाई बालकृष्ण पोखरेलले खसहरुको इतिहासमा पृथ्वीमल्लको सन्तान भनेका छन् । उनको भनाई अनुसार खसराज्य विखण्डन भएपछि उनका सन्तति खाँनडाँडामा आएर बसेका थिए । पृथ्वीमल्ल गौतम गोत्रका थिए । पछि भूपाल रानाले भारद्धाज गोत्र अनुशरण गरे । यो अलि पत्यारिलो देखिदैन् । बाबुराम आचार्यको नेपालको सक्षिंप्त इतिहासमा जैतखानका छोरा सुर्यखान भए । यिनका छोराहरु खान्चा खान र मिन्चा खान भनेका छन् । 

यहाँ इतिहास फेरी बाझिएको छ । नुवाकोट वा नयाकोटका राजा अजयसिंह मिन्चा खानका वंशज कास्कीका राजा कुलमण्डन शाह, उनका छोरा यशोव्रम्हशाह र द्रव्यशाह भनेर प्रष्ट पारिएको छ । आठौँ पुस्तामा रामशाह र १४औँ पुस्तामा नरभूपाल शाह हुन् । 

यिनै नरभूपाल शाहका छोरा पृथ्वीनारायण शाह हुन । दिनेशराज पन्तले पनि “लन्डनको इन्डिया अफिस लाइब्रेरीमा रहेको ब्रयानहड्सनको सङग्रहको वंशावलिको प्रतिलिपिलाई” नै शाहवंशको अनुशरण गरेकाछन । 

त्यहाँ लमजुङ्मा श्रीश्रीश्रीश्रीश्री यशोब्रम्हासाह महाराज उनका पुत्र ३ मा जेठा नरहरिसाह माहिला श्री द्रव्यशाह र कान्छा श्री नरपतिसाहि लेखिएको छ भनि प्रष्टपारिएको छ । यसबाट नै उनको परिचय स्पष्ट पार्दछ । 

विस्तारवादीमा भ्रम 

आज हामी यिनीप्रति मान अपमान, अधिकार, अनाधिकार, राष्ट्रियता अराष्ट्रियताका सम्बन्धमा जेजति वादविवाद गरेका छौं । यिनलाई आरोप प्रत्यारोपको रुपमा भनेका छौ । यिनी विस्तारवादी हुन् । यिनी साम्राज्यवादी हुन । 

यो अराजकता र अतिवादि समुहको सकिंर्ण सोच हो । आज आएर यिनको पृथ्विजयन्तिमा यिनका फोटोमा थुक्नु, उनको विरोध गर्नुको कुनै तुक छैन । यो अराजकता हो । यस्तो गर्नुमा कुनै प्रतिकार गर्न नसक्नु राज्यको नीति पनि कमजोर हुनु हो । 

यसले इतिहासको, नेपालीको पहिचानको खिल्ली उडाएको छ । इतिहासनै रहेन भने हाम्रो पहिचान नै हुदैन । यो धुवसत्य हो । यस्तो सामाजिकमनोविज्ञान नेपाली समाजमा बन्दै गएको छ । हाम्रो धर्म संस्कृति संस्कार र इतिहास मासिदै गएको छ । फलस्वरुप यस्ता अराजकता हरेक क्षेत्रमा सृर्जना भएको छ । 

हो कुनै पनि देशराष्ट्र शक्तिशाली विशाल भएर बस्न चाहन्छ । विदेशी रणनीतिमा चेपिएता पनि उनले राज्य विस्तार गरे ।  नेपाल एकिकरणको अभियान शुरुवात गरे । उनले कुनैपनि राज्यको धर्म नीति संस्कारलाई अधिनस्थ गरेनन् । उनी कसरी विस्तारवादि भए । यसलाई गहन रुपमा औल्याउनु पर्ने भएको छ । 

आजको यो नेपाल राज्य त्यतिकै भयो होइन । फलस्वरुप उनले भनेका छन् “मेरा साना दुःखले आज्र्याको मुलुक होइन् ।”  

यो राज्य कठोर परिश्रमबाट निर्माण भएपछि सजिएका मानव अभिव्यक्ति हुन् । सबै जातजातिको सहयोगमा आर्जन गरेको यो नेपाललाई अहिले यिनी प्रति अपमान गर्नु । नेपाल र नेपालीप्रतिको विद्रोही हो । यस्तो गतिविधीलाई राज्यले कडाभन्दा कडा कार्वही गर्नुपर्दछ । जसले विद्रोह गर्छ । उनका सन्ततिले किन नेपाल एकिकरण नगरेका त । 

यो उनीहरु प्रतिको प्रतिप्रश्न हो । चाहेको खण्डमा बाईसे चौविसे राजहरुले पनि एकिकरण पछि फेरी एकजुट भएर विद्रोह गर्नसक्थे । किन एकजुट भएनन् । त्यो एकजुट नहुनु विशाल नेपाल बनाउनु पर्ने आवश्यकता थियो । हामी सबैले नेपाली भनेर आफुलाई गर्व गर्दछौ । त्यसको श्रेय पनि यिनैलाई जान्छ र जानुपर्दछ पनि । उनले त्यो कर्म पनि गरेका थिए । यिनले एकिकरण प्रारम्भ नगरेको भए नेपालीको भविष्य के हुने थियो । भन्न सकिदैन । 

यिनको इतिहास खुला छ । यिनको अन्तिम समयमा दिएको दिव्य उपदेश आजसम्म पनि अति सान्दर्भिक रहेका छन् । यिनको बहुआयामिक प्रतिभाले गर्दा यिनलाई स्वदेशी तथा विदेशी विद्धानहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन् त् । यिनका सबै नीति निर्देशन र सिद्धान्त एकीकरणका उद्देश्यबाट परिलक्षित थिए । यिनको जीबन अत्यन्त प्रेरणादयी थियो । 

उनले छोटो समयमा जुन काम गरे । त्यो अकाल्पनिक छ । हालको भारतमा पाँच, लगभग ६ सय भन्दा धेरै हिन्दुराज्यहरु थिए । यि हिन्दुराष्ट्रका राज्यकाराजाहरु, इष्टइण्डिया कम्पनी सरकारको अधिनमा थिए । त्यहाँ गोरखा वा नेपाल भन्दा ठुलाठुला राज्यहरु उसको अधिनस्थ थिए । यसको छिमेकी राष्ट्रमापनि दवदवा थियो । 

कम्पनी सरकारको त्यो विस्तारवादी र साम्राज्यवादी नीतिमा पृथ्विनारायणशाहले, त्यो चातुर्य कुटनीति प्रयोग गर्दै नेपाल एकिकरण अभियानलाई अघि बढाऊदै कम्पनी सरकारको अधिनस्थबाट यो राष्ट्र बचाएका थिए । 

ठुलो त्याग, सर्घष र चार्तुयताले राष्ट्र बचाउन सफल भएकाले नै उनले भनेका छन् “ असली हिन्दुस्थान हाम्रो यो नेपाल भुमि हो भनेर “ । उनी  कसरी विस्तारवादी भए । 

परराष्ट्रनीति र व्यापार 

परराष्ट्र नीति र उनले दिएका उपदेशबाट धेरै देशविदेशका नेतृत्ववर्गले लाभ लिएका छन् । तर हाम्रो नेपालले उनको यो विदेशी, कुटनीतिक र व्यापार नीति अवलम्बन गर्न नसक्नु नेपालको दुर्भाग्य हो । विदेशीनीतिमा यिनको स्पष्टधारणा थियो । 

उनले भनेका छन् ‘नेपाल दुई ढुङ्गाको तरुलसमान रहेको छ । यिनको धारणा असंलगन परराष्ट्रनीति तर्फ लक्षित थियो । उत्तर तर्फ तिव्वत तथा चीनसँग र दक्षिणतर्फ इष्टइण्डिया कम्पनीसँग सन्तुलित सम्बन्ध कायम बडो कुटनैतिक पूर्ण ढङ्गबाट परराष्ट्रनीति संचालन गरेका थिए । उपत्यकामा केपुचिन पादरीहरुले जयप्रकाशमल्लको पक्षमा कम्पनी सरकारलाई सिफारिस गरेको हुनाले इसाईहरुलाई यिनले देशनिकाला गरेकाथिए । 

कम्पनी सरकारले किनलकको नेतृत्वमा पठाएको फौजले गोरखालीको शक्तिको परीक्षण गरिसकेको थियो । त्यो पराजयले नेपालमाथि आक्रमण गर्ने हिम्मत गरेको थिएन । गोरखाको राज्यविस्तार सँगै नेपालको एकिकरण अभियानले साम्राज्यवादि अङग्रेजहरुलाई सशड्ढित  बनाएको थियो ।  उनको परराष्ट्रनीति उत्तर र दक्षिणको रणनीतिलाई बुझेकाले उनको दिव्यपदेशमा भनेका छन् । उत्तरका वादशाहसँग घा राख्नु, दक्षिणको वादशाहनि घा राख्नु । तर उ धेरै चत्तुर छ । उसले सम्पूर्ण हिन्दुस्थानलाई दवाई राखेको छ । 

एकदिन किल्ला खोज्दै उत्तर आउने छ । चुरेमा किल्ला बनाई राख्नु भनेका थिए । उनी साहै नै दुरदर्शीराजा थिए । विदेशी रणनीतिलाई अध्ययन गरेरनै राष्ट्र एकिकरणमा अघिबढेका थिए । निष्कासित केपुचिनपादरीहरु इन्डियाको वेतियामा बस्दथे । 

पछि प्रतपासिंहको राज्यकालमा बहादुरशाह पनि उही बसे । बहादुरशाहको समयमा उनको परराष्ट्रनीति विशेषत व्रिट्रिसप्रीतको नीति उनको बाबु र उनको फरक बन्यो ।  यसको अझै विश्लेषण गर्न जरुरी छ ।  

परराष्ट्रनीतिमा राजनीति र व्यपारलाई एकीकृति बनाएका थिए । यिनले इष्ट इण्डिया कम्पनीले तिव्वतको व्यापारमा हात नहालुन भन्ने चाहन्थे । नेपाली व्यापारीलाई प्रत्यक्ष संलगन गराएर राष्ट्रिय लाभ गराउन चाहन्थे । 

त्यसैले यिनले “उप्रान्त देशका महाजनलाई गोडप्रसाह( पर्सागढी) देखि उभो आउन नदिनु, देशका महाजन हाम्रामुलुकमा आयो भने दुनियाँ कंगाल गरिछाड्छन्” । यिनले खानी र उधोगका विकासगर्ने तर्फपनि विशेष ध्यान दिएका थिए । कृषि उत्पादनको विकासका निम्ती कुलो, पैनी, बाँधको व्यवस्था गर्ने कुरामा जोड दिएका थिए । देशमा कपडा उधोगको स्थापना गर्ने कुरालाई विशेष महत्व दिएका थिए । “ देशका परा बन्न जान्यालाई नमूना देखाई सघाउनु र बुन्न लगाउनु’ उद्गार गरेका थिए । 

मकवानपुर जिते पनि त्यहाँका धेरै जग्गाहरु अग्रेङजहरुको अधिनमा थियो । उनले कुटनीतिक प्रयोग गरेर तराईकाभागहरु नेपालको अधिनमा लिएका थिए । पछि चौदण्डी विजयपुरमा अधिन गरेपछि अङग्रेजहरु बीचको सम्बन्ध फेरी विग्रन गयो । अङग्रेजहरुले विजयपुर अन्तर्गत पर्ने मोरङलाई ताकेर बसेका थिए । पूर्णियामा रहेका अङ्ग्रेज अधिकारी डुकारले मोदियापुर दरबारमा रहेको अग्रेङजदूत बेचेरलाई मोरङमाथि आक्रमणगर्न  भनेका थिए । 

यता विजयपुरका मन्त्री बुद्धिकर्णराईले पनि भारतस्थित इष्टइण्डिया कम्पनी सरकारसँग आफ्नो गुमेको राज्य फिर्ता गराउन अनुरोध गरेकाथिए । यिनले चातुर्यपूर्ण कूटनीतिमा कलकत्तास्थित इष्टइण्डिया कम्पनीका तत्कालिन गर्भनर जनरल वारेन हेस्टिग्संलाई पृथ्वीनारायण शाहले दुवै देशको सम्बन्ध सुधार्ने प्रयास गरे । यो उनको चातुर्यपूर्ण विदेशीनीति थियो । 

राष्ट्रिय एकता प्रतिक

पृथ्विनारायण शाहलाई पाँच वर्षको उमेरदेखि चन्द्रप्रभावतिदेवीले शिक्षा दीक्षा दिएकी थिईन । यिनको कुशल प्रशिक्षणले नै पृथ्विनारायण शाहमा यो क्षमताको विकास भएको थियो । यिनको लालनपलान, शिक्षादिक्षा मननयोग्य, अध्ययनयोग्य छ । यिनी विसवर्षको उमेरमा उनका बुबा नरभुपाल शाहको मृत्युभयो । त्यसपछि उनि राजा भएका थिए । पहिलो चोटी काजि जयन्त राना र महेश्वर पन्तको नेतुत्वमा नुवाकोट माथि आक्रमण गरि नेपाल एकिकरण गर्ने प्रराम्भ भएको थियो ।

बङ्गालका नवाव मीरकासिम अङ्ग्रेजहरुको बढ्दो साम्राज्यवादी नीतिबाट उनी वाक्क भइसकेका थिए । यिनी आफ्नोराज्य उत्तरतर्फ विस्तारगरि अङ्ग्रेजहरुबाट सुरक्षितहुन चाहन्थे । मिरकासिमका केहीजग्गा मकावनपुरका राजाले जमिन्दारीको रुपमा लिएका थियो । यिनको अधिकरणका कारण मिरकासिमको आम्दानि रोकियो । 

जसले गर्दा गोर्खालीको र यिनीहरुको राम्रो सम्बन्ध थिएन  ।  गोर्खालीसँग युद्ध गर्न गुरगिन खाँको नेतृत्वमा हजारौ मुसलमानि फौजले आक्रमण गरेको थाहापाएर यताबाट पृथ्विनारायणशाहले आक्रमणगर्न फौजलाई पठाए । मकवानपुरको हर्मागढीमाथि आधिकार गरे । यस विजयपछि बारा, पर्सा, सर्लाही, महोत्तरी आदि तराईका जिल्ला गोरखाराज्यमा गाभेपछि पनौती, धुलिखेल बनेपा, चोभार पाँगापनि गाभिए । 

यसपछि किर्तिपुरलाई पनि राज्यमा गाभेका थिए । पछि चौदण्डी विजयपुरमा अधिकारगरेपछि नेपालको सिमाना पूर्वसम्म पुग्यो । 
यसै गरि विभिन्न कुटनीतिक र राजनैतिक कौशलबाट पश्चिमतिरको राज्यहरु गोर्खामा गाभ्दै गएर नेपाल एकिकरण गर्न पुगे । यिनीले कहिलेपनि राज्य जिते पनि उनले त्यस राज्यको धर्मसंस्कार, कुलपरम्परालाई अधिनस्त गरेनन् । यथावत राखे । झन् उनले सम्मान गरे । उनी आफै मध्यकालिन संस्कार कुमारीको दर्शन गरे । यहाँ भएका मठमन्दिरका पुजारीहरु र परम्परालाई यथावत कायम राखे । यसकारण पनि हामी यिनी राष्ट्रिय एकता प्रतिक हुन भन्न सकिन्छ । 

यिनको मनसुवा थुप्रै थिए । यिनले दिव्योपदेशमा भनेका छन् । “मेरो मनसुवा ता दहचोकमा दरबार बनाउला र चारै दिशा घर घरको गुरु प्रोहित भैयाद भारदार, मिर उमराउको घर बनाई छुट्टा दरबार बनाउला भन्या “ उनको यस्तो अभिलाषा थियो । आजसम्म पनि यिनका अभिलाषा अधुरै छन् । यसले के बताऊछ । सबै जातजाति प्रतिको सामुहिक बसाई र एकता जनाऊँदछ । राष्ट्र र राष्ट्रिताको नीतिनियममा कस्तोगर्दा राम्रो र सामुहिक एकता गर्न सकिन्छ भन्नेमा उनको नीति अध्ययनको भनाईलाई हेरौ “उप्रान्त राजा रामशाहले बाधेका स्थिति पनि हेरिसकें । राजा जयस्थिति मल्लले बाधेका स्थितिपनि हेरिसके । राजा महीन्द्रमल्लले बाँधेका स्थितिपनि हेरिसके । ईश्वरले दियो भने । म पनि यस्ता बन्देजका बाह्रहजारको स्थिति बाधी जाऊँला । यिनले कान्तिपुर विजय गरेको छमहिना पनि नवित्दै हनुमान्ढोकाको पुरानो दरबारसँगै जोडेर कलात्मक भव्य बसन्तपुर दरबार बनाए थिए । यसले पनि यिनको एकता र सुधारकार्यतर्फ कतिको कटिवद्ध रहेछन् प्रष्ट हुन्छ । 

निश्कर्ष

राजारजावार हुनकोलागि जोपनि ठुलो राज्यको राजा बन्नचाह्न्छ । हामी लिच्छिवी, मल्लकालिन, खस तथा बाईसे चौविसे इतिहास हेर्न सकिन्छ ।  विशाल राज्य र शक्तिको लागि सबै राजाले, राज्यको विस्तार गरेका थिए । यिनले राज्यएकिकरण गरेतापनि धर्मसंस्कार सस्कृतिलाई कहिलेपनि अधिनस्थ गरेका थिएनन् । उनले राज्य एकिकरण गरे पनि भनेका छन् सबैले आ—आफ्नो कुल धर्मको कर्म गर्नु । यो नै ठुलो सामाजिक समावेशीता थियो । यो नेपाल सबैजातको फुलबारी हो । यो भनाई ले के दर्शन देखाएको छ । यसको अनुभुति र मिहिन रुपमा बुझ्न पर्ने अवको आवश्यकता हो । 

यो सत्य होकि यिनको अभियानमा विभिन्न जातजातिको सहयोग छ । बाईसेचौविसे राज्यहरुको पनि ठुलो योगदान छ । उनीहरुको देशभक्त, राष्ट्रभक्त मानेविज्ञानले यो एकिकरणमा सहयोग गरेको छ । त्यो मनोविज्ञानले अहिलेको यो नेपालको सृजना भएको हो । केही विद्रोह भएता पनि नेपालका सबै जातजातिले साथ दिएका थिए । विशेष बाईसेचौविसका राजा तथा रजवारहरु पनि यो विशाल नेपालका एकिरकणका अवश्यपनि धन्यवादका पात्र हुन । 

यो खुलेर भन्न सक्नुपर्दछ । नेपाललाई एकिकरण गर्ने अभियान गरेर हामी नेपाली हौ भन्ने इतिहास हाम्रो सामु छ । उनको धर्मसंस्कार प्रतिको भावना, वैदेशिक रणनीतिमा, चार्तुयकुटनीति, नेपाललाई इष्टईण्डिया कम्पनीको साम्राज्यवादीनीतिबाट जोगाउनसफल पक्कैपनि उनी  विस्तारवादी होइन् । नेपाल नेपालीहरुको राष्ट्रिय एकता प्रतिक हो ।  

लेखक : दलिपकुमार मल्ल

पीएचडी, खोज अध्ययन अनुसन्धान कर्ता हुन् 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update