
कास्की । शनिबारदेखि ५औँ संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता पोखरा रंगशालामा शुरू भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ६ गरी कूल १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
शनिबारदेखि पोखरामा ५औँ संस्करणको एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई खेलकुदको हव सबैको चाहना रहेको हुँदा त्यसै अनुरूप खेलकुदका कार्यक्रम आयोजना भइरहेको बताएका छन् ।
प्रतियोगितामा विदेशी टोलीका रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरु क्षेत्रको टिम सहभागी छन् ।
त्यस्तै, पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबको सहभागिता रहेको छ भने महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल रहेको छ । यसअघिका संस्करणमा दर्शकको चाप धेरै भएकाले यसपाली दर्शक क्षमता बढाएर २ हजार पु¥याइएको छ ।
शनिबार महिलातर्फका खेल सुरु गरि आइतबार पुरुषतर्फका सुरुवाती खेल हुँदै लिग चरण पार गर्दै सहभागी टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।